काठमाडौँ : परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अधिनायकवादको हल्ला चियाको कपमा तुफान जस्तै भएको बताएका छन्।
अधिनायकवादको कृत्रिम हल्ला गरी कांग्रेसले सरकारविरुद्ध भ्रमण सृजना गर्न कोशिस गरिएको आरोप उनले लगाए। सरकारलाई त्यसले कुनै असर नगर्ने दावी पनि उनको छ।
आइतबार भक्तपुरमा स्थानीय संचारकर्मीमाझ परराष्ट्रमन्त्री ज्ञवालीले लोकतन्त्रलाई मर्यादित बनाउन र जनताको जीवनस्तरसँग जोड्न सरकारले सक्दो पहल गरिरहेको पनि बताए। लोकतन्त्रलाई कहीँकतै पनि कमजोर हुन नदिन सरकार सचेत रहेको परराष्ट्रमन्त्री ज्ञवालीको भनाई छ।
परराष्ट्रमन्त्री ज्ञवालीले अन्तराष्ट्रिय सम्बन्धलाई अझै सुदृढ बनाउन सरकारले छिमेकी मुलुक भारत तथा चीन र संयुक्त राष्ट्र संघसँगको सम्बन्धलाई अझै समुधुर बनाउने प्रयास गरिरहेको पनि स्मरण गराए। उनले नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनु विश्वकै ठूलो उपलब्धि भएको उल्लेख गर्दै त्यसको अनुभव विश्वसामू पुर्याउने योजना पनि अघि सारे।