PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

राष्ट्रिय सभा बैठक शोक प्रस्ताव गरी स्थगित



राष्ट्रिय सभा बैठक शोक प्रस्ताव गरी स्थगित

काठमाडौं: राष्ट्रियसभा बैठकले पुर्व सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य भरत शमशेर राणाको निधनमा शोक प्रस्ताव पारित गरेको छ।

सोमवार बसेको राष्ट्रियसभाको दोश्रो बैठकले राणाको निधनमा शोक प्रस्ताव पारित गरेको हो। राणाको ९१ बर्षको उमेरमा साउन २५ गते शुक्रबार भारतको कोलकत्तामा निधन भएको हो। राणा २०१५ सालको पहिलो आम निर्वाचनमा गोर्खा परिषद्को तर्फबाट धादिङबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। 

नेपालको प्रथम संसदका प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य राणा लोकतन्त्र र गणतन्त्रको पक्षमा संघर्षरत व्यक्तित्वको रुपमा चिनिदै आएका थिए। बैठकले दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुको साथै एक मिनेट मौनधारण पनि गर्यो ।

अर्को बैठक २९ गते मंगलबार अपरान्ह २ बजे का लागि बोलाईएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell