PahiloPost

Sep 30, 2024 | १४ असोज २०८१

ओली सरकारको पाँच महिनाको उपलब्धि, सिण्डिकेट अन्त्यदेखि सुन तस्करीलाई कारवाहीसम्म



ओली सरकारको पाँच महिनाको उपलब्धि, सिण्डिकेट अन्त्यदेखि सुन तस्करीलाई कारवाहीसम्म

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पाँच महिने रिपोर्ट सार्वजनिक गरेको छ। सरकार गठनको पाँच महिना भएको भन्दै सरकारका उपलब्धीहरु सार्वजनिक गरिएको हो।

जसमा यातायात क्षेत्रको सिण्डिकेट अन्त्यदेखि सुन तस्करमाथि कारवाही र तस्करी नियन्त्रणमा प्रभावकारी कदमसम्म समावेश गरिएको छ।

विकास निर्माणको ढिलासुस्ती हटाउने कद, औचित्यहीन भ्रमणमा नियन्त्रण, सार्वजनिक खर्चमा मितब्ययीता, सार्वजनिक खरिद अनियमितता रोक्न एकीकृत सूचना प्रणाली, सामाजिक सुरक्षा भत्ता वितरणमा पारदर्शिता, राजदूत नियुक्तिमा मापदण्ड तर्जुमालगायतको विषयलाई ओली सरकारले उपलब्धिका रुपमा लिएका छन्।

हवाई सेवा र पर्यटन पूर्वाधारमा, उल्लेखनीय परिवर्तन, नेपालका आवश्यकता र प्राथमिकतामा आधारित विदेश सम्बन्ध २३ देखि २५ चैत्र २०७४ मा भएको भारतको ३ दिने राजकीय भ्रमणका मूख्य उपलब्धिहरू र ५ देखि १० असार २०७५ मा भएको चीनको औपचारिक भ्रमणका मूख्य उपलब्धिहरूलाई समावेश गरिएको छ।

अर्थ–प्रशासनमा सुधार, राज्यकोषलाई उल्लेख्य लाभ, सडक/रेल पूर्वाधार निर्माण, तीब्र गतिमा काम पूर्वाधार विकासका शीर्षक समेटिएको छ।

छोटो समयका केही नतिजा भन्दै ऊर्जामा आत्मनिर्भरता, राष्ट्रिय आयको दीर्घकालीन साधन, शिक्षा क्षेत्रमा दूरगामी महत्वका, कृषिको व्यवसायिकरण, प्रशासनमा शीघ्र र सहज सेवाको प्रवन्धलगायतको दाबी गरिएको छ।

फलाम खानी अन्वेषण, अन्तर्राष्ट्रिय र प्रदेशस्तरीय रंगशाला निर्माणको तयारी विषयलाई सरकारले आफ्नो उपलब्धीमा समेटेको छ।

विस्तृत रिपोर्ट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell