PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

विद्यालयको खानेपानी ट्याङ्कीमा विष, पानी पिउँदा १३ विद्यार्थी बिरामी



विद्यालयको खानेपानी ट्याङ्कीमा विष, पानी पिउँदा १३ विद्यार्थी बिरामी

उर्लाबारी:  मोरङको लेटाङ नगरपालिका-९ स्थित जाँतेमा रहेको श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात समूहले विष हालेको पानी पिउँदा १३ विद्यार्थी बिरामी परेका छन् ।

ट्याङ्कीमा साइपर मेथिन नामक औषधि हालिएको प्रधानाध्यापक खेमराज दुलालले बताए। बिरामी विद्यार्थीको पथरीशनिश्चरेस्थित पथरी अस्पताल र उर्लाबारीस्थित मङ्गलबारे अस्पतालमा उपचार भइरहेको जनाइएको छ। बिहान विद्यार्थीले सो ट्याङ्कीको पानी पिउने क्रममा गन्ध आएपछि शिक्षकलाई खबर गरेका थिए।

खानेपानी ट्याङ्कीको नजीकै साइपर मेथिन नामक औषधिको बट्टा भेटिएको र त्यो कसले हाल्यो भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक युवराज खतिवडाले जानकारी दिएका छन्।

कक्षा १ देखि १२ गरी ४९१ विद्यार्थी अध्ययनरत विद्यालय सो घटनापछि अनिश्चितकालका लागि बन्द गरिएको छ।  रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell