PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

'फेक किड्न्यापिङ' : दिनभर प्रहरीले खोज्दा नभेटिएका बालक घरैमा! 



'फेक किड्न्यापिङ' : दिनभर प्रहरीले खोज्दा नभेटिएका बालक घरैमा! 
प्रतीकात्मक फोटो: newsato.com

'मेरो बच्चा अपहरण भयो।' 

सोमवार बिहान करिव १० बजेतिर एक महिलाले प्रहरीकोमा उजुरी लिएर पुगिन्। 

उनी थिइन तनहँ घर बताउने सीता महत। 

बच्चा अपहरण, अनि हत्या। ११ वर्षीय निशान खड्कको अपहरण र हत्या भएपछि राजधानी यही प्रकरणले केही समयदेखि गरम छ। यही कारण शान्ति सुरक्षामा नै प्रश्न उठ्दै आएको छ।

प्रहरीलाई सीताको उजुरीले तातो नलाग्ने कुरै भएन। दिनभर खोजीमा जुट्यो प्रहरी।

महानगरीय प्रहरी वृत बौद्ध मात्र होइन उपत्यकाका तीन जिल्लाको अपराध हेर्ने महानगरीय अपराध अनुसन्धान महाशाखा समेत लागी पर्‍यो। ५० जना भन्दा बढी प्रहरी परिचालन भए। बच्चा भेटिएन।

सोमवार बेलुका ८ बजेतिर महाशाखाको टोलीले बच्चा घरमा नै भएको खबर पायो। प्रहरीले सीतासँग सोधपुछ गर्दा बच्चा घरमै भेटिएको बताइन्। महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंह सूचना नै गलत दिएको बताउँछन्। 

एसएसपी सिंहले भने, 'बच्चा हराएको वा अपहरण भएको नै थिएन। प्रहरीलाई गतल सुचना दिएका रहेछन्। हामी अनुसन्धान गरिरहेका छौं।'

प्रहरी स्रोतले दिएको जानकारीअनुसार सीता मानसिक रोगी हुनसक्ने जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell