PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सुन तस्करीका सबै प्वालहरू बन्द भइसके : प्रधानमन्त्री ओली



सुन तस्करीका सबै प्वालहरू बन्द भइसके : प्रधानमन्त्री ओली

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलबाट हुने सुन तस्करीका सबै प्वालहरू बन्द भइसकेको बताएका छन्।

शनिवार प्रदेश नम्बर २ को राजधानी जनकपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले लामो अनुसन्धानपछि सुन तस्करीका सबै प्वालहरू बन्द गर्न सफल भएको बताएका हुन।

प्रधानमन्त्री ओलीले भने,'केही समयदेखि ३८ सय क्विन्टल सुन तस्करी भएको रहेछ। गोजीमा बोकेर होइन। सुन त उम्कियो तर सुन तस्करीका सबै प्वाल बन्द भएका छन्।'

गत माघमा सनम शाक्य हत्या र ३३ किलो सुन प्रकरण पछि सरकारले गठन गरेको उच्चस्तरीय छानबिन टोलीले तीन वर्षदेखि हालसम्म विमानस्थल मार्गबाट ३८ सय क्विन्टल सुन तस्करी भएको निष्कर्ण निकालेको थियो। सुन तस्करीको अभियोगमा ७५ जनालाई प्रतिवादी बनाएर अनुसन्धान गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell