PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

भारतीय सेनाका कर्णेल २० राउन्ड गोलीसहित विमानस्थलबाट पक्राउ



भारतीय सेनाका कर्णेल २० राउन्ड गोलीसहित विमानस्थलबाट पक्राउ

काठमाडौं: प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनलाई गोलीसहित पक्राउ गरेको छ।

विमानस्थल प्रहरीले चेक गर्ने क्रममा चितवन भरतपुर १० घर भएका ४१ वर्षीय बलबहादुर पुनलाई पक्राउ गरेको हो।

काठमाडौँबाट पोखरा जाने क्रममा २:४५ मा बुद्ध एयरको विमानबाट उनलाई नियन्त्रणमा लिएको हो। उनको साथबाट प्रहरीले प्वाइन्ट टु टु मिमिको २० राउण्ड गोली बरामद गरेको छ। पुन भारतीय सेना आसाम राइफलमा कार्यरत कर्णेल भएको खुल्न आएको छ।

पुनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत गौशलामा राखिएको छ।

भदौ १३ र १४ गते राजधानीमा हुन लागेको बिम्स्टेक सम्मेलनलाई लिएर प्रहरीले राजधानीको सुरक्षा कडा बनाउने तयारी गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell