PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

एसिया कप क्वालिफाई हुन हाम्रो लागि यो 'गोल्डेन अपरचुनिटी' हो : पारस खड्का



गोविन्दराज नेपाल

एसिया कप क्वालिफाई हुन हाम्रो लागि यो 'गोल्डेन अपरचुनिटी' हो : पारस खड्का

  • पारस खड्का
एसिया कप क्वालिफाई हुन हाम्रो लागि यो गोल्डेन अपरचुनिटी हो। छनोट हुनेले भारत र पाकिस्तानसँग खेल्न पाउँछ। एज ए टिम हामीले यो वर्षैभरी राम्रो क्रिकेट खेलिरहेका छौँ। जसरी पनि आफ्नो फेभरमा ल्याइरहेका छौँ। त्यसैले गर्दा हामीले चाँही आफ्नो बेस्ट इफोर्ट दिइरहेका छौँ। जबकी यस्तो अवसरहरु बारम्वार आउँदैन।  एज ए टिम, एज ए प्लेअर हामी यसको लागि तयार छौँ। श्रीलंकामा जाँदैछौँ। श्रीलंकामा ३ वटा अभ्यास म्याच छ। त्यसबाहेक ट्रेनिङ। त्यसपछि मलेसिया जानेछौँ।

यो प्रतियोगितामा खेल्ने सबै टिमको सबै प्लेअरले सबैलाई चिनेका छन्। युएई, हङकङ, मलेसिया, सिंगापुर, ओमान सबै प्लेअरलाई हामी पनि चिन्छौँ र उनीहरुले पनि हामीलाई चिन्छन्। त्यसले गर्दा हामीले केही ट्याक्टिकल मुभहर प्रयोग गर्नुपर्छ उनीहरुको प्लेअरसँग कसरी अेल्ने भन्ने। 

'इट इज गोइङ टु बी इन्ट्रेस्टिङ'। किनभने वर्ल्ड क्रिकेट लिग सकिएपनी त्यसैको फर्म्याटमा यो हुँदैछ। ६ वटा टिम। दुई टिम फाइनलमा पुग्नेछ र विजेता टिम एसिया कपमा क्वालिफाई हुनेछ।

त्यसैल गर्दा 'इट्स गोइङ टु बी च्यालेन्जिङ'। 'बट एज ए टिम हामी प्रिपेर छौँ। रेडी पनि छौँ'। २९ तारिखमा जब प्रतियोगिता सुरु हुन्छ 'वि वान्ट टु पुट इन आवर बेस्ट परफरमेन्स'। 

एसियामै खेल्न पनि गाह्रो छ। सजिलो किन छैन भने एसियन कन्डिसनमा खेल्न सबै टिमहरु बराबर नै छन्। डिभिजन थ्री-टू मा हुँदाखेरी हामीले २०१४ मा वर्ल्ड कपमा क्वालिफाई भएका थियौँ। 

वर्ल्ड क्रिकेट लिग आफ्नो ठाउँमा छ टिमको र्‍याङकिङ आफ्नो ठाउँमा छ तर एज ए ओडिआई नेशन हामीमाथि अलीकती प्रेसर पनि छ र जिम्मेवारी पनि छ। 

हामीले फस्ट ओडिआई सिरिज खेलेपछि एसिया कप क्वालिफाई खेल्ने अवसर पाछौँ। लेस्ट होप हामीले यो अवसरहरु ग्र्याब गर्दै अगाडी बढ्न सकौँ।

हामीसँग ४ वर्षको लागि ओडिआई स्ट्याटस छ। अब यो चाँही हामीले आफूले आफूलाई प्रुभ गर्ने मौका हो। हरेक पटक हामीले आफ्नो राष्ट्रलाई रिप्रिजेन्ट गर्दाखेरी जस्तो अवस्था आएपनि टिमलाई जिताउने प्रयास गर्ने हो।

ओडिआई नेशन भएकोले अहिले नै युएई र हामीलाई फेभरेट मान्न मिल्दैछ। तर र्‍याकिङ अनुसार हेर्ने हो भने हामी माथि छौँ। तर क्रिकेट त्यस्तो खेल हो जहाँ तपाईले हरेक पटक सुरुबाटै अगाडी बढ्नुपर्छ। स्पेसिएल्ली नेपालबाहेक ५ वटै टिम सबै राम्रो छन्। हामीले सक्दो प्रयास गर्ने हो। प्लेअरहरुलाई सार्प बनाएर अगाडी बढ्ने हो। 


ब्याटिङ बलियो, ब्याटिङ कमजोर भन्ने होइन अब ओडिआई नेशन भइसकेपछि चाँही मेरो विचारमा हामी यो भन्न बन्द गर्नुपर्छ की के बलियो के कमजोर।  ब्याटिङ, बलिङ, फिल्डिङ तीनवटै डिपार्टमेन्टमा सुधार गर्नुपर्ने हामीलाई पनि थाहा छ। स्ट्यानडर्ड अपडेट गर्नुपर्छ। तीनवटै डिपार्टमेन्टमा राम्रो गरे मात्र खेल जितिन्छ। यो होइन कि ब्याटिङले मात्रै जित्ने बलिङले मात्रै जित्ने। लेस्ट्स होप हाम्रो खेलाडी खेलाडीहरुको स्किल छ त्यसलाई कसरी कन्भर्ट गर्ने भन्ने हो। 'आई होप वि क्यान डेलिभर'। यो १० दिनको समय छ, २९ देखि ६ तारिखसम्म। सबै प्लेअरहरुले ट्युन इन भएर आफ्नो बेस्ट परफरमेन्स दिने हो। एज ए टिम हामी टाइटल जित्न सक्षम छौँ। 

त्यसको लागि हाम्रो तयारी पनि राम्रै छ। निरन्तर क्रिकेटमै छौँ। मौसम राम्रो नभएपनि हामी धेरै दिन लुज गरेनौँ। 


नेपालको लागि खेलिरहेका खेलाडीहरुलाई हामीले टिममा बिल्ड गर्दैछौँ। नेपालको लागि आफ्नो स्थान बनाउन पुस गरिरहेका खेलाडी राखेका छौँ। विनोद र सागरले पनि करिब १ वर्षपछि कमब्याक गरेका छन्। निश्चय नै खेलाडीको इन्जुरी र रिटायरमेन्टले गर्दा ठाउँ पनि खाली भयो। हामीले राम्रो टिम इनभारोमेन्ट क्रिएट गर्ने हो। नेपाली टिममा पर्नको लागि कम्पिटिसन बढिराछ। र टिमबाट पनि प्लेइङ ११ मा पर्नको लागि पनि कम्पिटिसन छ। आगामी दिनको लागि यो राम्रो संकेत हो। लेस्ट्स होप नयाँ आएका प्लेअरहरु  र पुराना अनुभवी खेलाडीहरु छन् उनीहरुले आफूले पाएका अवसर राम्रोसँग प्रयोग गर्नेछन्। प्लेअरहरु आफ्नो क्षमता देखाएर नै यहाँसम्म आएका छन् र आगामी दिनमा एक स्टेप अगाडी बढेर अझै राम्रो प्रदर्शन दिनेछन्। 

चोटका कारण शरद टिममा छैनन्। सिनियर प्लेअर हुन्। अभाव त निश्चय नै हुन्छ। तैपनि त्यो ठाउँ कभर गर्नका लागि हामीसँग खेलाडी छ। कुनै पनि प्लेअरको कोहीसँग पनि कम्प्यारिजन गर्न मिल्दैन। सिनियर प्लेअरका भएका कारण टिमको कम्पोजिसनमा असर त गर्छ नै तरपनि युवा खेलाडीहरुले आफूलाई पुस गरिरहेका छन्। 

कसले राम्रो खेल्यो के गर्‍यो भन्दा पनि नेपाल टिमले जित्नुपर्‍यो। विगत एक वर्षदेखि नेपालको सिनियर-जुनियर खेलाडीले विभिन्न खेल खेलिरहेका छन्। लेस्ट्स होप त्यसलाई हामी कन्टिन्युटि दिन सकुँ।

एसिया कप छनोटको तयारीका लागि श्रीलंकामा अभ्यास गर्न जानुअघि सोमवार कप्तान पारस खड्काले सञ्चारकर्मीसँग दिएको प्रतिक्रिया



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell