PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अमेरिकासँग इरानको टक्कर : सार्वजनिक गर्‍यो पहिलो लडाकू विमान



अमेरिकासँग इरानको टक्कर : सार्वजनिक गर्‍यो पहिलो लडाकू विमान
फोटो: .presstv.com

तेहरान: इरानले तेहरानमा आयोजित प्रतिरक्षा प्रदर्शनीका अवसरमा मङ्गलबार पहिलो घरेलु लडाकू बिमान सार्वजनिक गरेको छ। 

राज्य नियन्त्रित टेलिभिजनले इरानी राष्ट्रपति हस्सन रौहानीलाई राष्ट्रिय प्रतिरक्षा उद्योगको प्रदर्शनीमा राखिएको नयाँ “कौसार” विमानको ककपिटमा बसेको देखाएको छ। यो चौथो पुस्ताको लडाकू बिमान हो। यस बिमानमा अत्याधुनिक उपकरणहरु र बहुउद्देश्यीय राडार जडान गरिएको छ। यो बिमान सत प्रशित इरानी प्रविधिबाट उत्पादन गरिएको हो। 

राज्य नियन्त्रित टेलिभिजनले यो बिमानको सफलतापूर्वक परीक्षण गरिएको र सार्वजनिक उडानका लागि धावनमार्गमा राखिएको जनाएको छ। यो बिमानका बारेमा शनिबार मात्र रक्षामन्त्री अमिर हतामीले जानकारी दिएका थिए। उनले यस परियोजनका बारेमा ज्यादै कम विवरण सार्वजनिक गरे। 

रक्षामन्त्री हतामीले इरानको प्रतिरक्षा कार्यक्रम सन् १९८० को दशकमा इराकबाट आठ वर्षसम्म लगातार आक्रमण भएदेखि नै आरम्भ गरिएको बताए। इजरायल र संयुक्तराज्य अमेरिकाले बारम्बार चेतावनी दिएपछि इस्लामिक गणतन्त्रले आफ्ना सबै विकल्प खुला राख्नुपर्दछ भन्ने मान्यताबाट अघि बढेको पनि उनले स्पष्ट गरे। 

“हामीले इरान–इराक युद्धबाट परनिर्भर होइन आफैं सक्षम हुनु पर्दछ भन्ने कुरा सिक्यौं। हामीसँग स्रोत सीमित छ र न्यून लागतमै सुरक्षा प्रणालीलाई मजबूत बनाउन हामी प्रतिबद्ध छौं” उनले भने।

अमेरिकाले अर्बौ डलरका हातहतियार इरानका क्षेत्रीय प्रतिद्वन्द्वी राष्ट्रहरुलाई बेचेको छ, तर इरानमाथि प्रतिरक्षा कार्यक्रमलाई नियन्त्रण गर्न आग्रह गरिआएको छ। इरानमाथि दबाब सिर्जना गर्न अमेरिकाले आर्थिक नाकाबन्दी लगाइरहेको छ। रासस/एएफपी 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell