PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नेताले नै देउवा र पौडेलको ढाड कन्याउन थाले, यसो गरे कांग्रेसलाई कुष्ठरोग लाग्छ : कान्छाराम



नेताले नै देउवा र पौडेलको ढाड कन्याउन थाले, यसो गरे कांग्रेसलाई कुष्ठरोग लाग्छ : कान्छाराम

काठमाडौं: नेपाली कांग्रेस रामेछापका नेता पूर्णबहादुर तामाङ 'कान्छाराम'ले नेताहरुका गुटबन्दीका कारण कांग्रेस कमजोर हुने अवस्थामा पुगेको बताएका छन्।

आज नेपाल विद्यार्थी संघ काठमाडौंले राजधानीको पर्यटन बोर्डमा एसइइमा उतीर्ण भएका अपांगता भएका विद्यार्थीलाई सम्मान गर्न आयोजित कार्यक्रम उक्त भनाई राखेका हुन्।

नेताहरुले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि सभापति शेरबहादुर देउवासम्म पुगेर ढाड कन्यादिएकाले कांग्रेसमा गुट मौलाएको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारसमेत रहेका  उनको भनाई थियो। उनले भने, 'नेताहरु पौडेलकहाँ पनि पुग्छन्। पार्टी सभापतिकहाँ पनि पुग्छन्। ढाड कन्याइदिन्छन्।'

कन्याउँदा कन्याउँदा कुष्ठरोगसमेत लाग्नसक्ने भएकोले विद्यार्थी नेताले पनि त्यसो गर्न नहुने तामाङको भनाई थियो। आफूले पार्टीमा कहिले पनि गुटबन्दीको काम नगरेको उल्लेख गर्दै तामाङले इसइइमा उतीर्ण अपांगता भएका विद्यार्थीलाई बधाइसमेत दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell