PahiloPost

Jul 2, 2024 | १९ असार २०८१

प्रकाण्डलाई छाड्ने सर्वोच्चको आदेशलगत्तै पुनः प्रहरीले पक्रियो



प्रकाण्डलाई छाड्ने सर्वोच्चको आदेशलगत्तै पुनः प्रहरीले पक्रियो

काठमाडौँ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै छाड्न आदेश दिए लगत्तै प्रहरीले पुनः पक्राउ गरेको छ।

यसअघि साउन २३ गते चन्दा असुलीको आरोपमा पक्राउ परेका प्रवक्ता प्रकाण्डलाई सर्वोच्चले छाड्ने आदेश दिए पनि प्रहरीले अदालत परिसरबाटै पुनः पक्राउ गरेको थियो। 

गैरकानुनी रुपमा पक्राउ परेको भन्दै पुनः बन्दीप्रत्यक्षीकरणको रिट दायर भएपछि त्यसैको सुनुवाई गर्दै केदारप्रसाद चालिसे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले रिहा गर्ने आदेश दिएको थियो। 

तर लगत्तै भोजपुर जिल्लामा भएको बम विष्फोटको घटनामा समेत संलग्न रहेको भन्दै उनलाई पक्राउ गरिएको हो। यसअघि प्रहरीले काभ्रेमा भएको आगजनीको मुद्दामा पुनः पक्राउ गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell