PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

काठमाडौँका सबै सवारी साधनमा तीन दिन जोरबिजोर प्रणाली लागू हुने



काठमाडौँका सबै सवारी साधनमा तीन दिन जोरबिजोर प्रणाली लागू हुने

काठमाडौँ : बिम्स्टेक सम्मेलनका कारण काठमाडौँका सबै सवारी साधनमा अर्को हप्ता तीन दिन जोरबिजोर प्रणाली लागू हुने भएको छ। 

भदौ १३ गते बुधबार, १४ गते बिहीबार र १५ गते शुक्रबार उपत्यका भित्र चल्ने सम्पूर्ण निजी तथा भाडाका सवारी साधनमा ट्राफिक प्रहरीले जोर बिजोर प्रणाली लागु गर्ने भएको हो। सवारी आवागमन सहज बनाउनका लागि ट्राफिक प्रहरीले सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली लागू गर्न लागेको हो।

जोर नम्बर प्लेट भएका सवारी साधनले भदौ १४ गतेका दिन मात्र सञ्चालन गर्न पाउने छन् भने बिजोर नम्बर प्लेट भएका गाडीहरुले भदौ १३ र १५ गतेका दिन बिजोर चलाउन पाउनेछन्।

सवारी साधनको अन्तिम २ अंकको आधारमा जोर र बिजोर छुट्याइने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell