PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

राष्ट्रियसभा दिगो विकास समितिको सभापति कांग्रेसलाई, तारादेवी भट्टको नाम सिफारिस



राष्ट्रियसभा दिगो विकास समितिको सभापति कांग्रेसलाई, तारादेवी भट्टको नाम सिफारिस

काठमाडौं: राष्ट्रियसभाको चार विषयगत समितिमध्ये दिगो विकास तथा सुशासन समितिको सभापति कांग्रेसले पाउने भएको छ। यस समितिको सभापतिमा राष्ट्रिय सभाकी सदस्य तारादेवी भट्टलाई पठाउने निर्णय कांग्रेसले गरेको छ। 

तीन समिति सभापति चयनमा मनोनयनका लागि उम्मेदवारी परिसकेको छ। राष्ट्रियसभा सचिवालयले बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयनको समय तोकेको थियो। सभापति चयनका लागि भोलि निर्वाचन हुँदैछ।

विधायन व्यवस्थापन समितिको सभापतिमा पर्शुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा डा. रामनारायण विडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा (पार्वती)को उम्मेदवारी परेको छ। 

दिगो विकास तथा सुशासन समितिको सभापतिमा कांग्रेसकी भट्ट हुने निश्चित भएपनि केही दिन ढिला हुने राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारीले जानकारी दिए। 'दिगो विकास तथा सुशासन समितिको सभापतिमा माननीय तारादेवी भट्ट हुनुहुनेछ, तर, उहाँको मनोनयन र निर्वाचित हुन केही दिन लाग्ने देखिन्छ,' अधिकारीले पहिलोपोस्टसँग भने।

५९ सदस्यीय सभामा नेकपाका मनोनीत सदस्यसहित ४२ सदस्य छन्। विपक्षी दल कांग्रेसका १३ सदस्य रहँदा मधेश केन्द्रित दुई दल फोरम र राजपाका २/२ सदस्य छन्। राष्ट्रियसभामा सत्तारुढ दलको दुई तिहाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell