PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

महिला र बालबालिका बढी कुपोषित, हिमाल र पहाडमा भन्दा तराईमा बढी



महिला र बालबालिका बढी कुपोषित, हिमाल र पहाडमा भन्दा तराईमा बढी

काठमाडौं: आज सार्वजानिक भएको 'सुक्ष्म पोषण तत्व सर्वेक्षण'ले महिला र बालबालिका बढी कुपोषित भएको देखाएको छ। त्यस्तै हिमाल र पहाडमा भन्दा तराइमा बढी कुपोषित भएको सर्वेक्षणले जनाएको छ। नेपालमा २० वर्षपछि भएको पहिलोपटक भएको यो बृहत सर्वेक्षण हो।

सर्वेक्षणले पाँच देखि ५९ महिनाका एक सय बालबालिका मध्ये २१ जना र  एक चौथाइ महिलामा पनि जिन्कको कमी भएको देखाएको छ। जिन्कको कमीले बालबालिकामा पुड्कोपन तथा रोगको प्रतिरोधात्मक क्षमता घटाउँछ।

त्यस्तै ६ देखि ५९ महिनाका बालबालिकामा २० प्रतिशत, १५ देखि ४९ वर्षका महिलाहरुमा ४० प्रतिशत 'हेलिकोव्याक्टर पाइलोरी'को सँक्रमण देखिएको छ। यसले निकट भविष्यमा आमाशयको क्यान्सर र अल्सरलगायत गम्भीर रोग लगाउँछ।

त्यस्तै सर्वेक्षणले हरेक ५ मा १ जना बालबालिकाहरुलाई रक्तअल्पता भएको देखाएको छ।  त्यस्तै हरेक ५ मा एकजना किशोरी र महिलापनि रक्तअल्पताबाट पिडीत छन्। गर्भवती महिलाहरुमा रक्तअल्पताको २७ प्रतिशत प्रकोप रहेको छ।

सर्वेक्षणका अनुसार २८ प्रतिशत बालबालिका, १८ प्रतिशत किशोरीहरु, १९ प्रतिशत महिलाहरुमा आइरनको कमी भएको देखाएको छ।

सर्वेक्षणले नेपालमै पहिलोपटक किशोरहरुमा रक्त अल्पताको जाँच गरेको छ। ११ प्रतिशत किशोरहरुमा रक्तअल्पता, ५ प्रतिशतमा आइरनको कमी तथा १ प्रतिशतमा आइरनको कमिले रक्तअल्पता हुने देखिएको छ।

भिटामिन ए को कमीले अन्धोपन हुन्छ। हिमाल र पहाडी क्षेत्रमा भन्दा तराई क्षेत्रका ५ वर्षमुनीका बालबालिकामा ५ देखि ७ प्रतिशत भिटामिन 'ए' को कमी हुने सर्वेक्षणले देखाएको छ। त्यस्तै १४ देखि ५९ वर्ष उमेर समुहका ३ प्रतिशत महिलाहरुमा भिटामिन ए को कमी देखिएको छ।

त्यस्तै सर्वेक्षण अनुसार ९१ प्रतिशत नुनको नमुनाहरुमा १५ पिपिएम भन्दा बढी ६८ प्रतिशत आयोडिन बढी भेटिएको छ। यो सर्वेक्षणमा ७३ जिल्लाका १८० वटा क्लष्टरको ४३ सय २० घरधुरीबाट १२ हजार ५ सय १२ जना महिला तथा बालबालिकाहरु सहभागी थिए।

स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र कुमार यादवले तथ्यांकले देखाएको तथ्यहरुलाई ध्यान दिदैँ पोलिसी निर्माण गर्न सहयोग गर्ने बताए। कार्यक्रममा बोल्दै उनले भने, 'स्वास्थ्यको पोलिसी निर्माण गर्न यी तथ्याकले सहयोग गर्छ। अब स्वास्थ्य मन्त्रालयले पोलिसी निर्माण गर्दा यो तथ्यांकलाई ध्यान दिनेछ।'

सर्वेक्षण स्वास्थ्य तथा जनसङख्या मन्त्रालय, युनिसेफ नेपाल, न्यू एरा र संयुक्त राज्य, सेन्टर फर डिजिज कन्ट्रोलले गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell