PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

संविधान दिवसमा टेलिकमलाई मोबाइल सेवामा एक हप्ता सहुलियत दिन प्रधानमन्त्री ओलीको आग्रह



संविधान दिवसमा टेलिकमलाई मोबाइल सेवामा एक हप्ता सहुलियत दिन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसलाई जनताको दिवस बनाउनु पर्ने बताएका छन्। 

गृह मन्त्रालयले आज आयोजना गरेको संविधान दिवस मूल समारोह समितीको बैठकमा प्रधानमन्त्री ओलीले संविधानसभाबाट संविधान निर्माणका लागि जनताले ठुलो संघर्ष गरेकोले त्यसको खुशियालीको रुपमा आएको संविधान पनि जनताले खुशियालीपूर्ण ढंगले मनाउन पाउनुपर्ने बताए। 

“२०७२ साल असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएको हो। संविधान दिवस सबभन्दा ठुलो राष्ट्रिय दिवस हो। यसलाई जनताले अपनत्व गर्ने गरी मनाउनु पर्दछ,” प्रधानमन्त्रीले भने।

प्रधानमन्त्री ओलीले संविधान दिवसलाई सरकारी कार्यक्रम जस्तो मात्र बनाउनु नहुने बताए। प्रधानमन्त्री ओलीले संविधान दिवसको अवसर पारेर शैक्षिक संस्था, स्थानीय तह र अन्य निकायहरुलाई विविध कार्यक्रम आयोजना गर्न आग्रह गरे। “संविधान दिवसलाई सबैको दिवस बनाउनु पर्दछ। यो जनजाति, महिला, दलित, मधेश, पहाड, हिमाल सबैकोे उत्सवको दिन हो,” प्रधानमन्त्री ओलीले भने, “यस अवसरमा सबै जातजातिले आफ्नो भेषभुषा र झांकी प्रदर्शन गर्नु उपयुक्त हुन्छ।”

प्रधानमन्त्री ओलीले संविधान दिवसको व्यापकतालाई थप वृद्धि गर्न प्रज्ञा प्रतिष्ठानलाई संविधान र समृद्धि विषयमा कविता गोष्ठी आयोजना गर्न आग्रह गरे।  प्रधानमन्त्री ओलीले संविधान दिवसका अवसरमा नेपाल टेलिकमलाई कम्तीमा एक हप्ताका लागि मोबाइल सेवामा सहुलियत प्रदान गर्न पनि आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell