PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

मधेशमा खस आर्यलाई आरक्षण र वडादेखि केन्द्रीय समितिसम्म ३३ प्रतिशत प्रतिनिधित्व चाहियो : महिला संघ 



मधेशमा खस आर्यलाई आरक्षण र वडादेखि केन्द्रीय समितिसम्म ३३ प्रतिशत प्रतिनिधित्व चाहियो : महिला संघ 

काठमाडौं: नेपाल महिला संघले कांग्रेसको विधान संशोधनका ९ बुँदे सुझाव पेश गरेको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी ९ बुँदे संशोधन पेश गरेको जनाएको हो।

संघले कांग्रेसको वडा समितिदेखि केन्द्रीय समितिसम्म हरेक निकायमा पदाधिकारीसहित न्युनतम ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गराउन माग गरेको संघकी अध्यक्ष उमा रेग्मीले बताइन्।

त्यसैगरी मधेशमा खस आर्यलाई आरक्षण गर्नुपर्ने मागसमेत गरेको छ। महिला संघले क्रियाशील सदस्यता वितरण गर्दा पार्टीमा सक्रिय रुपमा काम गरिरहेका महिलाहरुलाई प्राथमिकताका साथ सदस्यता दिनुपर्ने माग गरेको छ।

संघले निर्वाचनमा स्थानीय तह र प्रदेशमा ५० प्रतिशत र संघमा न्युनतम ३३ प्रतिशत महिलालाई टिकट दिनुपर्ने माग गरेको छ।

यी हुन् कांग्रेसको विधान संशोधनका लागि महिला संघले पेश गरेको सुझाव




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell