PahiloPost

Nov 19, 2018 | ३ मंसिर २०७५


फोन नम्बर दिएपछि काठमाडौंका यी स्थानमा निःशुल्क वाइफाइ, दिनको ३० मिनेटमात्र चलाउन पाइने


फोन नम्बर दिएपछि काठमाडौंका यी स्थानमा निःशुल्क वाइफाइ, दिनको ३० मिनेटमात्र चलाउन पाइने
फोटो: चन्द्रमणि भट्टराई

काठमाडौंः काठमाडौंको हनुमान ढोका, पशुपतिनाथ, स्वयम्भु, बौद्धलगायतका ६ वटा धार्मिक तथा पर्यटकीय स्थलमा फ्रि वाईफाई सेवा शुरु भएको छ। 

काठमाडौं महानगरपालिकाले आइतबारदेखि हनुमानढोका, पशुपतिनाथ, स्वयम्भू, बौद्ध, बालाजु बाइसधारा उद्यान र शंखपार्कमा फ्रि वाईफाई सेवा शुरु गरेको हो। 

वर्ल्डलिंकको साझेदारीमा शुभारम्भ गरिएको सो सेवाको एक कार्यक्रमबीच उद्घाटन गर्दै काठमाडौं महानगरपालिकका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिकाको घोषित नीति अनुसार काठमाडौंको मुख्य ६ स्थानहरुमा फ्रि वाईफाई सेवा संचालनमा ल्याइएको स्पष्ट पारे। 

शाक्यले काठमाडौंलाई स्मार्ट सिटीको रुपमा विकास गर्न प्रविधिसम्बन्धि अन्य कामलाई तीव्रता दिने प्रतिवद्धता पनि व्यक्त गरे। मेयर शाक्यले काठमाडौंको धर्मपथमा ‘स्मार्ट पार्किङ भवन’ निर्माण गर्ने घोषणा पनि गरे। 

सो सेवालाई शुभारम्भ गर्न काठमाडौँ महानगरपालिका र वर्ल्डलिंकबीच गत चैत १८ गते नै सम्झदारी भएको थियो। यसबीचमा परिक्षण गरेपछि मात्रै सो सेवाको औपचारिक उद्घाटन गरिएको  पनि मेयर शाक्यले जानकारी दिए। 

कसरी चल्छ वाइफाई?

सेवा जडान भएका क्षेत्रमा स्मार्ट फोन प्रयोगकर्ता पुगेपछि फ्री वाइफाइ कनेक्ट गर्नुपर्छ। कनेक्ट भएपछि एउटा पेज खुल्छ। पेजमा प्रयोगकर्ताले नाम र मोवाइल नम्बर भर्नु पर्छ। 

यसरी विवरण भरिसकेपछि सिस्टमले मोबाइलमा एउटा कोड पठाउँछ। त्यो कोड भरिसकेपछि वाइफाइ चलाउन सकिन्छ। सेवामा सबैको पहुँच पुगोस् र दुरुपयोग नहोस् भन्नका लागि प्रयोगकर्तालाई एक पटकमा ३० मिनेट समय दिइनेछ। ३० मिनेट पुगेपछि सिस्टमले उसलाई त्यसदिनका लागि कनेक्सन हुनबाट रोक्नेछ।

तर उसका लागि अर्को एक्सेस प्वाइन्ट भने खुल्ला नै रहनेछ। महानगरको सूचना प्रविधि शाखा प्रमुख राम सापकोटाका अनुसार, एक जनाप्रयोगकर्ताले एकै दिनमा एउटै डिभाइस (फोन वा ल्यापटप) बाट सेवा लिँदा दोस्रो पटकदेखि इमेल ठेगानासमेत उपलब्ध गराउनु पर्नेछ। सुरक्षाका लागि यसो गरिएको हो। 



फोन नम्बर दिएपछि काठमाडौंका यी स्थानमा निःशुल्क वाइफाइ, दिनको ३० मिनेटमात्र चलाउन पाइने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट