PahiloPost

Jul 3, 2024 | २० असार २०८१

त्रिविको लापरवाही : परीक्षा अगावै प्रश्नपत्र बाहिरियो, प्राध्यापकको पुस्तकबाट हुबहु प्रश्न



त्रिविको लापरवाही : परीक्षा अगावै प्रश्नपत्र बाहिरियो, प्राध्यापकको पुस्तकबाट हुबहु प्रश्न

काठमाडौं: त्रिभुवन विश्वविद्यालयको लापरवाहीका कारण शिक्षाशास्त्र संकाय अन्तर्गतको स्नातोकोत्तर प्रथम सेमेस्टरको परीक्षा अन्यौलमा परेको छ। परीक्षा आइतवारबाट शुरु भएको थियो। मंगलबार शैक्षिक मनोविज्ञान विषयको परीक्षा थियो।

परीक्षा दिन विहान ११ बजे परीक्षा केन्द्रमा परीक्षार्थी पुगे तर परीक्षा भने दिन पाएनन्। आजको परीक्षाको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएपछि परीक्षा स्थगित गरिएको त्रिवि स्रोतले जनाएको छ। यद्यपि परीक्षा केन्द्र रहेको ताहचल स्थित महेन्द्ररत्न क्याम्पसले डिन कार्यालयको विशेष सूचनाका आधारमा विशेष कारण भन्दै स्थगित भएको सूचना टाँस गरी परीक्षा रोकेको थियो।

‘विहानै परीक्षा दिन आएको बाहिर सूचना टासेर फर्काइयो,’ परीक्षा दिन पुगेकी एमएड आइसिटीकी विद्यार्थी विद्या ढकालले भनिन्। आजको परीक्षाको प्रश्नपत्र पनि एक पुस्तकको नमुना प्रश्न खण्डबाट हुबहु आएको बताइएको छ।

यता यसअघि परीक्षार्थीले आइतबार १७ गते दिएको फाउन्डेसन अफ एजुकेसनको परीक्षासमेत रद्ध गर्ने तयारी भइरहेको छ। सो विषयको प्रश्नपत्र अर्को यसअघिका परीक्षाको हुबहु भएको बताइएको छ।

परीक्षार्थीहरुले लापराही भएको भन्दै डिन कार्यालयमा प्रश्नपत्र बुझाएका छन्। ज्ञापनपत्रमा प्रश्नपत्र प्राद्यापकको पुस्तकबाट हुबहु आएको भन्दै आइतवार सम्पन्न परीक्षा रद्ध गर्दै नयाँ परीक्षा तालिका अनुसार परीक्षा गराउनसमेत विद्यार्थीहरुले माग गरेका छन्।

प्रश्नपत्र परीक्षा हुन अगावै बहिरीएपछि डिन कार्यालयको अर्को सूचना नआएसम्म परीक्षा स्थगित गरेको जनाएको छ। बाँकी परीक्षा सञ्चालन गर्ने नगर्ने विषयमा बुधबार १० बजे बैठक बसी निर्णय लिइने शिक्षाशास्त्र संकायका सहायक डिन बलराम रायले जानकारी दिए।

त्यस्तै आइतवार सञ्चालन भएको परीक्षाको विषयमासमेत सोही बैठकले निर्णय गर्ने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell