PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

कैलालीमा ८ सय ग्राम चरेशसहित एकजना पक्राउ



कैलालीमा ८ सय ग्राम चरेशसहित एकजना पक्राउ

  • महेन्द्र बम-

कैलाली: कैलालीको चुरे गाउँपालिका–५ निङलाडीका पुर्णबहादुर धामीलाइ प्रहरीले ८ सय ग्राम लागु औषध चरेशसहित पक्राउ गरेको जनाएको छ। 

मंगलबार साँझ चुरे गाउँपालीका– ५ निङलाडीमै हातमा निलो रंगको झोला बोकी हिडी रहेको अवस्थामा अस्थाई प्रहरी पोष्ट खानिडाँडाबाट खटिएको प्रहरीको टोलीले शंका लागी जाँच गर्दा प्लाष्टिकको झोलाभित्र लुकाई राखेको अवस्थामा उक्त चरेश बरामद गरीएको प्रहरीले जनाएको छ।

उनको साथबाट ८ सय ग्राम चरेश बरामद गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक हरी वलीले जानकारी दिए।  
धामीमाथि थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरिक्षक बिनोद घिमिरेले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell