PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

काठमाडौं आइपुग्यो जुम्ली स्याउ, बजारमा चाँडो आइपुगेकोमा कृषक खुसी



काठमाडौं आइपुग्यो जुम्ली स्याउ, बजारमा चाँडो आइपुगेकोमा कृषक खुसी

काठमाडौं: गतवर्ष केही अघि नै काठमाडौंमा भित्रिएको जुम्लाको अर्गानिक स्याउ यो पटक बुधबारबाट बजारमा उपलब्ध भएको छ। विगत ६ वर्षयता स्थानिय किर्षकको सक्रियतामा एप्पल गार्डेनको नामबाट जुम्लाको स्याउ सर्वसुलभ मुल्यमा उपभोक्ता माझ पुग्दै आएको छ।

काठमाडौंमा पछिल्लो समय चाइनिज र भारतीय स्याउले बजार लिइरहेको समयमा केही मात्रामा भएपनि नेपालको स्थानिय स्याउ राजधानी भित्रीएसँगै उपभोक्ताहरु नेपाली स्वादको स्याउ खान पाउने भएका छन् ।

भारतीय र चीनियाहरुको स्याउहरु टिपेको लामो समयपछि काठमाडौं आइपुग्ने तथा औषधिको अत्याधिक प्रयोग भएपनि नेपाली उपभोक्तामा नेपालकै स्याउको यथेस्ट विकल्प नहुँदा विदेशी स्याउकोनै भर पर्नु पर्ने बाध्यता रहेको छ।

यद्यापि स्याउका लागि निकै प्रशिद्ध मानिएको जुम्लामा उत्पादित स्याउको मूल्य विदेशी स्याउको तुलनामा सर्वसुलभ रहेको छ। पछिल्लो समय जुम्लामा जिल्ला कृषि कार्यालयले अर्ग्यानिक उत्पादनमा जोड दिएपछि बोटमानै पुर्ण रुपमा खान योग्न भएपछि मात्र टिप्न दिएका कारण कृषकले चाँडो स्याउ नटिपेपछि थप स्वादीले बनेको स्थानिय कृषक दलबहादुर खड्काले जनाएका छन्।

बाटो र गाडीको कठिनाईका कारण स्याउमा धेरै नाफा नहुने भएपनि आफ्नो उत्पादन बजारसम्म पुर्याउनु र निरन्तरता दिनु ठुलो कुरा भएको कृषक दिनेश खड्का बताउँछन्। उनले नै जुम्लाबाट काठमाडौंमा स्याउ बेच्दै आएका छन्।

पछिल्लो समय जुम्लामानै प्रतिकेजी ६० देखि ७० रुपैंयासम्ममा स्याउ बिक्री हुँदै आएको छ। काठमाडौं सम्म आइपुग्दा ठुलो मात्रामा खर्च उठ्ने भएपनि आफूहरु नाफाका लागि भन्दापनि जुम्ली स्याउको बजार प्रवर्द्धनका लागि स्याउ ल्याउने गरेको खड्काले बताए।

भने, ‘हाम्रो उदेश्य नाफा कमाउने होइन। स्याउमा नाफानै छैन् तर विगतका वर्षहरुमा स्याउ निरन्तर ल्याएको र यो पटक पनि धेरैको चाहना स्वदेशी उत्पादित स्याउनै खाने भएकाले धेरै संघर्ष गरेर स्याउ काठमाडौं ल्याइ पु्र्‍याएका छौं।’

उनले भने ‘यो पटक पनि बाटोको समस्या उस्तै छ। तर तुलनात्मक रुपमा कम पानी परेकाले बाटोमानै रोकिनु नपर्दा स्याउ समयमानै काठमाडौं आइपुगेको हो। पहिला २–३ दिन सम्म बाटोमानै फस्नु पर्थ्यो। तर अहिले तुलनात्मक रुपमा सहज भएको छ।’

उनले टिपेको २–३ दिनमानै स्याउ काठमाडौं भित्रिएकाले ताजा स्याउ आइपुग्दा आफु निकै उत्साही भएको बताए। उनले स्याउसँगै जुम्ली सिंवि, ओखर पनि उपलब्ध हुँदै आएको जनाए।

उनले बानेश्वरस्थित अल इन वान मार्टबाट स्याउ बिक्री गरिने जानकारी दिए। उपभोक्ताले सहज मुल्यमा नै स्याउ खरिद गर्दै राष्ट्रिय उत्पादन र कृषकको मेहेनतलाई सहयोग गर्ने खड्काको विश्वास छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell