PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

भूकम्पपीडितको अनुदानको म्याद थपियो, तेस्रो किस्ता असार मसान्तसम्म, गुनासो सिफारिस स्थानीय तहबाटै



भूकम्पपीडितको अनुदानको म्याद थपियो, तेस्रो किस्ता असार मसान्तसम्म, गुनासो सिफारिस स्थानीय तहबाटै

काठमाडौं: राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास निर्माणका लागि सरकारबाट पाउने अनुदानको तेस्रो किस्ता चालु आर्थिक वर्षको अन्तिमसम्म लिन सक्ने निर्णय गरेको छ। गत आर्थिक वर्षको अन्तिमसम्म घर निर्माण गर्नेलाई तेस्रो किस्ता अनुदान उपलब्ध गराउने निर्णय यसअघि भएकोमा अब त्यसलाई बढाएर चालु वर्षको अन्तिमसम्म पुर्‍याइएको हो। 

'शहरी क्षेत्र, विपन्न वर्ग, बस्ती स्थानान्तरण तथा परम्परागत बस्तीको बाहेकका निजी आवास चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने र त्यसका लागि अन्तिम किस्ता रकम असार मसान्तसम्ममा प्राप्त गर्न सक्ने निर्णय भएको छ,' प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने। 

बिहीवार बसेको प्राधिकरण निर्देशक समितिको बैठकले स्थानीय स्तरबाट आउने गुनासो सुन्ने, अनुगमन गर्ने र आवश्यक कारबाहीका लागि प्राधिकरण समक्ष सिफारिस गर्ने अधिकार स्थानीय तहलाई दिने निर्णय गरेको छ। 'यसअघि जिल्लाले सिफारिस गर्ने गरेकोमा अब स्थानीय तहले सिफारिस गर्ने र जिल्लाले अनुगमन गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ,' ज्ञवालीले भने। 

ज्ञवालीका अनुसार आफ्नै जमिन नभएका भूकम्प पीडितलाई स्थानीय तहको सिफारिसअनुसार बस्ती स्थानान्तरणको सुविधा उपबल्ध गराउने र आवास निर्माण थाल्ने निर्णय पनि बैठकले गरेको छ। प्राधिकरण निर्देशक समितिले पुनर्निर्माणमा खटिएका सम्पूर्ण कर्मचारीलाई प्राधिकरण मातहत ल्याउने निर्णय पनि गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell