PahiloPost

Jul 3, 2024 | २० असार २०८१

सुशासन समितिको सभापतिमा कांग्रेसकी भट्ट निर्वाचित



सुशासन समितिको सभापतिमा कांग्रेसकी भट्ट निर्वाचित

काठमाडौं: राष्ट्रियसभाको चार विषयगत समितिमध्ये दिगो विकास तथा सुशासन समितिको सभापति कांग्रेसले पाएको छ। यस समितिको सभापतिमा राष्ट्रिय सभाकी सदस्य तारादेवी भट्ट निर्वाचित भएकी छन्।

भट्टले आजै राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्। कांग्रेसले भदौ दोस्रो साता समितिमा भट्टलाई पठाउने निर्णय गरेको थियो। 

अन्य तीन समितिमा नेकपाका उम्मेदवार निर्वाचित भइसकेका छन्। विधायन व्यवस्थापन समितिको सभापतिमा पर्शुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा डा. रामनारायण विडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा (पार्वती)को निर्वाचित भए। 

५९ सदस्यीय सभामा नेकपाका मनोनीत सदस्यसहित ४२ सदस्य छन्। विपक्षी दल कांग्रेसका १३ सदस्य रहँदा मधेश केन्द्रित दुई दल फोरम र राजपाका २/२ सदस्य छन्। राष्ट्रियसभामा सत्तारुढ दलको दुई तिहाइ छ।

राष्ट्रियसभा दिगो विकास समितिको सभापति कांग्रेसलाई, तारादेवी भट्टको नाम सिफारिस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell