PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

पत्नीको दाहसंस्कारका लागि नवाज शरिफ जेलमुक्त



पत्नीको दाहसंस्कारका लागि नवाज शरिफ जेलमुक्त
फोटो: पीएमएल नवाज

इस्लामावाद: भ्रष्टाचारको आरोपमा कारागारमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफलाई दिवंगत पत्नीको दाहसंस्कार गर्न अन्तरिम जमानतमा रिहा गरिएको छ। शरिफकी पत्नी कुलसूम नवाजको मंगलवार लन्डनमा क्यान्सरका कारण निधन भएको थियो। 

६८ बर्षिया कुलसूमलाई अस्पताल भर्ना गरेर पाकिस्तान फर्किएका नवाज शरिफ र उनकी छोरीलाई पक्राउ गरी भ्रष्टाचारको आरोपमा थुनामा राखिएको छ। पाकिस्तानको संसदीय चुनावमा पाकिस्तान मुस्लिम लीग-नवाज (पीएमएल) पार्टीका लागि चुनावी प्रचारका लागि उनी पाकिस्तान फर्केका थिए। 

शरिफ र उनकी छोरी मरयामलाई हवाई जहाजमा राखेर लाहोर पुर्‍याइएको छ। कुलसूमको दाहसंस्कार लाहोरमा गर्ने कार्यक्रम रहेको पीएमएलले जनाएको छ। 

उनीहरु दुबैलाई १२ घण्टाका लागि छाडिएको भए पनि गृह मन्त्रालयले उनीहरुको जमानतको अवधि बढाउन सक्ने रावलपिन्डी केन्द्रीय कारागारका एक अधिकारीले बताए। स्थानीय सञ्चार माध्यमले दाहसंस्कार शुक्रबार मात्र गरिने बताएका छन्। 

राजनीतिमा पनि सक्रिय ६८ वर्षीया कुलसूमले नवाज शरिफको राजनीतिलाई अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। उनलाई क्यान्सर भएको गत वर्ष अगस्टमा पत्ता लागेको थियो। महिनौंदेखि लन्डनस्थित एक निजी अस्पतालमा उनको उपचार भइरहेको थियो । 

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कुलसूमको निधनप्रति दुःख व्यक्त गरेका छन्। रासस/एएफपी 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell