PahiloPost

Jul 3, 2024 | २० असार २०८१

मास्टर्स चेस च्याम्पियनसिप सुरु : पहिलो दिन ८ खेलाडीलाई संयुक्त अग्रता



मास्टर्स चेस च्याम्पियनसिप सुरु : पहिलो दिन ८ खेलाडीलाई संयुक्त अग्रता

काठमाडौँ : नमूना बौद्ध मास्टर्स चेस च्याम्पियनसिप आजबाट सुरु भएको छ। प्रतियोगिता अन्तर्गत थापाथली चेस पार्कका सुशील चौधरीको उत्कृष्ट प्रर्दशन दोस्रो चरणमा पनि कायमै रह्यो।

बौद्धमा बिहीबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो चरणमा वर्तमान नेपाल च्याम्पियन मदनकृष्ण कायस्थलाई पराजित गरेका सुशीलले दोस्रो चरणमा पूर्व नेपाल च्याम्पियन भुपेन्द्र निरौलासँग बराबरी खेले।

यद्यपी उनी दोस्रो चरणसम्ममा संयुक्त अग्रता लिन भने चुके। दोस्रो चरणसम्मको खेल सकिँदा ८ जना खेलाडीले २ अंकसहित संयुक्त रुपमा अग्रता कायम गरेका छन्।

लगातार दोस्रो चरणमा पनि जित हासिल गरेर क्याण्डिडेट मास्टर केशव श्रेष्ठ, क्याण्डिडेट मास्टर कृष्ण थापा, बद्रिलाल नेपाली, फिडे मास्टर मनिस हमाल, प्रेम कृष्ण महर्जन, क्याण्डिडेट मास्टर राजेन्द्र राजभण्डारी, क्याण्डिडेट  मास्टर नवीन तण्डुकार र सुमन राईले संयुक्त अग्रता हासिल गरेका हुन्।

आयोजक नमूना बौद्ध चेस क्लवको आयोजनामा भएको प्रतियोगिताको दोस्रो चरणको खेलमा केशवले राजन सुवेदीलाई पराजित गरे भने कृष्ण थापाले आशिष फुयाललाई हराए। त्यस्तै फिडे मास्टर सुजेन्द्र प्रसाद श्रेष्ठ बद्रिलाल नेपालीसँग पराजित भए। त्यस्तै फिडे मास्टर मनिस हमालले पनिा रत्न ब्यञ्जनकारलाई पराजित गरे।

प्रेमकृष्ण महर्जनले दोस्रो चरणमा गणेशमान दुवाललाई पराजित गर्दा क्याण्डिडेट मास्टर राजेन्द्र राजभण्डारीले राजेन्द्र प्रसाद श्रेष्ठलाई पराजित गरे। क्याण्डिडेट मास्टर नवीन तण्डुकारले दीपक पोखरेललाई हराएको क्याण्डिडेट मास्टर मिलन लामा सुमन राईसँग दोस्रो चरणमा पराजित भए।

स्वीस लिग अन्तर्गत सात चरणसम्म हुने प्रतियोगिताको उपाधि विजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। दोस्रो हुनेले ३० हजार, तेस्रो हुनेले २० हजार, चौथो हुनेले १५ हजार र पाँचौं हुनेले १० हजार पुरस्कार पाउनेछन्। त्यस्तै उत्कृष्ट महिला खेलाडीलाई १० हजार र उत्कृष्ट क्लव खेलाडीलाई १० हजार पुरस्कारको व्यवस्था गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell