PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अमेरिकामा शक्तिशाली समुन्द्री आँधीको त्रास



अमेरिकामा शक्तिशाली समुन्द्री आँधीको त्रास
फोटो: GETTY


वासिङटन: अमेरिकाको पूर्वी तटको नजिक शक्तिशाली समुन्द्री आँधी आइरहेको अधिकारीहरुले बताएका छन्।आँधीको प्रभाव देखिन शुरु भइसकेको छ। केरोलिना क्षेत्रका हजारौं घरहरुमा बिजुली, इन्टरनेट सेवा अवरुद्ध भएको जनाइएको छ। धेरै क्षेत्र डुबानमा परेको अधिकारीहरुले बताएका छन्।

'फ्लोरेन्स' नाम दिइएको उक्त आँधीका कारण ठूलो संख्यामा मानिसहरुको मृत्यु हुन सक्ने चेतावनी अधिकारीहरुले पहिल्यै दिइसकेका छन्। यस्तै, धेरै क्षेत्रमा बिनाशकारी बाढी पहिरोको खतरा रहेको अधिकारीहरुको भनाइ छ । 

१५० किलोमिटर प्रतिघण्टा रफ्ताले आइरहेको फ्लोरेन्स आँधीका कारण भर्जिनीया र केरोलिना राज्य धेरै प्रभावित हुने बताइएको छ। त्यस क्षेत्रमा बसोबास गर्दै आएका सबैलार्इ सावधानी अपनाउन आग्रह गरिएको छ। 

आँधीबाट प्रभावित अमेरिकी राज्यहरुका तटीय इलाकाबाट करिब १७ लाख व्यक्तिलाई सुरक्षित स्थानमा स्थानतरण गरिएको छ।यस्तै सुरक्षाको कारण १४०० भन्दा उडानहरु रद्द गरिएको जनाइएको छ। विस्तारै आँधीले अरु राज्यहरुमा पनि प्रभाव पार्न सक्ने बताइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell