PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

बामदेवका लागि जुन सिट खाली गरे पनि कांग्रेसले जित्ने प्रवक्ता शर्माकाे दाबी



 बामदेवका लागि जुन सिट खाली गरे पनि कांग्रेसले जित्ने प्रवक्ता शर्माकाे दाबी

बाँके : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बामदेव गौतमलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउनका लागि नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले जुन सिट खाली गराए पनि कांग्रेस जित्ने दाबी गरेका छन्। नेपाल प्रेस युनियन बाँकेले शनिबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रवक्ता शर्माले यस्ताे दाबी गरेका हुन्।

उनले गौतमका लागि यो वा त्यो निर्वाचन क्षेत्रको विषयमा हल्ला गर्नुभन्दा छिटो  निर्वाचन क्षेत्र खाली गराएमा आफूहरुलाई निर्वाचनको तयारी गर्न सहज हुने बताए। प्रवक्ता शर्माले सरकार गठन भएको ६ महिना मात्रै भएकाले कामको पूर्ण समिक्षा गर्ने बेला अाइनसकेकाे बताए । उनले आर्थिक विकास र समृद्धिमा सरकारको अहिले नै आलोचना गर्ने समय नभएको भन्दै शान्ति सुरक्षामा सरकार निकै चुकेकाे बताए ।

प्रवक्ता शर्माले भने, 'दुई तिहाईको साथले मात्र प्रधानमन्त्रीले जनपक्षीय काम गर्न सक्दैनन् त्यसका लागि कार्यक्षमता देखाउन सक्ने टाेलीकाे खाँचाे हन्छ ।' छाेटाे अवधिममा  सरकार धेरै ठाउँमा चुकेकाे बताउँदै अहिलेसम्मको कामकारबाहीको मुल्यांकन गर्दै सच्चिएर अघि बढ्नु पर्नेमा प्रवक्ता शर्माले जोड दिए ।

संविधान बनेकाे ४ वर्ष भइसक्दा पनि सबै नेपालीलार्इ अटाउन सरकार उदासीन देखिएकाे भन्दै उनले स‌ंविधानमाथिकाे खतरामा टार्न संविधान जारी गर्ने समयका सहयात्री दलबीच सहकार्य आवश्यक  रहेकाे बताए ।

प्रवक्ता शर्माले सरकार प्रदेशको नामाकरण ,स्थायी राजधानी र संविधानको सफल कार्यान्वयन तथा पालना गराउनमा उदासीन देखिएकाे अाराेप लगाए। उनले करको विषयमा स्थानीय तहलाई दोष देखाएर संघीयताप्रति नै नकारात्मक धारणा बनाउन मद्दत गर्नु भन्दा पनि संविधान अनुसारको प्राकृतिक श्रोत तथा वित्त आयोग गठन गर्न सुझाव दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell