काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव नेपालविरुद्ध पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरु आक्रमक रुपमा प्रस्तुत भएका छन्।
पार्टी अध्यक्ष ओलीको विरोधमा उत्रेका नेपाललाई लक्षित गरी ओली समूहले समाजिक सञ्जालमार्फत नेपालमाथि आक्रमण शुरु गरेका छन्।
नेपालले आफ्नै पार्टीको सरकारलाई ढाल्न खोजेको आरोपसमेत ओली पक्षले लगाएको छ। नेपालले आफ्नो पतनको सुरुवात आफैले गरेको भनाई पनि ओली पक्षबाट आएको छ।
प्रधानमन्त्री ओली निकट राजन भट्टराईले माधव नेपालप्रति लक्षित गरी ट्वीटरमा लेखेका छन्, ‘सामाजिक क्षेत्रमा देखापरेका समस्या र विकास निर्माणले चाहे जति गति लिन सकेन भन्ने नाममा सरकारको विकल्प र अझ कतिपयको वैकल्पिक राजनीतिको खोजी धमिलो पानीमा माछा मार्न खोजेको भन्दा बढी के होला र’सामाजिक क्षेत्रमा देखापरेका समस्या र विकास निर्माणले चाहेजती गति लिन सकेन भन्ने नाममा सरकारको विकल्प र अझ कतिपयको वैकल्पिक राजनीतिको खोजी धमिलो पानीमा माछा मार्न खोजेको भन्दा बढी के होला र ?
— Rajan (@Rajanktm) September 29, 2018
भट्टराईले अर्को ट्वीटमा भनेका छन्, ‘सरकारलाई थिंक ट्यांक बनाउन घच्घच्याउनु पर्ने पंक्तिबाटै यसको गठनको विरोध भएको छ। यस किसिमको उदेक लाग्दो अवस्था यहिँ मात्र त होला।’
त्यसैगरी प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि नेता नेपालप्रति लक्षित गरी आफ्नै सरकारलाई ढाल्न खोजेको आरोप लगाएका छन्। रिमालले लेखेका छन्, ‘मानिसको पतन त्यस समय सुरू हुन्छ, जब आफ्नैलाई ढाल्न पराइसँग सल्लाह लिन सुरू गरिन्छ।’
प्रधानमन्त्री ओलीसँगै अमेरिकामा रहेका रिमालको ट्वीटलाई महत्वका साथ लिइएको छ। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्ने तयारीका लागि भारत र चीनको भ्रमण गरेको आरोप ओली निकटबाट लागेको थियो।“मानिसको पतन त्यस समय शुरू हुन्छ, जब
— Bishnu Rimal (@BishnuRimal) September 28, 2018
आफ्नैलाई ढाल्न पराईसंग सल्लाह लिन शुरू
गरिन्छ!” pic.twitter.com/5I9Lvwc7je
तर उक्त आरोप लागेको एक महिना नवित्दै ओलीका प्रमुख राजनीतिक सल्लाहकारले नेपालमाथि प्रधानमन्त्री बन्न षड्यन्त्र गरेको आरोप लगाएका छन्।
नेपाल समूहले गोप्य भेलापछि शुक्रवार खुल्ला रुपमा स्थायी समितिको अनौपचारिक बैठक डाकेको थियो। त्यसअघि नेपाल स्वयंले संसदमै सरकारको चर्को आलोचना गरेका थिए।