PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रधानमन्त्री ओली नवमीमा गृह जिल्ला जाँदै



प्रधानमन्त्री ओली नवमीमा गृह जिल्ला जाँदै
फाइल फोटो

काठमाडौं: प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली नवमीमा गृह जिल्ला जाने भएका छन्।

नेकपाको झापा जिल्ला कमिटिले आयोजना गर्ने शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने छन्।

जिल्ला कमिटिले कार्तिक १ गते नवमीका दिन बिर्तामोडमा आयोजना गर्ने कार्यक्रममा ओली सहभागी हुने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जनाएका छन्।

ओलीका सचिवालय सदस्य होमबहादुर थापाका अनुसार प्रधानमन्त्री ओली बिर्तामोडको कार्यक्रममा सहभागी हुने भएपनि आफ्नो निर्वाचन क्षेत्रमा भने कार्यसूची छैन।

समय अभावका कारण बिर्तामोडकै कार्यक्रममा सहभागी भएर ओली फर्किने थापाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell