PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

भारतमा #MeToo को अर्को शिकार - विदेश राज्यमन्त्री एमजे अकबरले दिए राजीनामा



भारतमा #MeToo को अर्को शिकार - विदेश राज्यमन्त्री एमजे अकबरले दिए राजीनामा
News18.com

सामाजिक सञ्जालमा सुरु भएको #MeToo अभियानका क्रममा भारतका प्रतिष्ठितहरु शिकार हुने क्रममा आज विदेश राज्यमन्त्री एमजे अकबरले राजीनामा दिएका छन्। 

'म पनि' भन्दै सामाजिक सञ्जालमा आफूले भोगेका यौन दुर्व्यवहारका घटना महिलाहरुले खुलासा गर्ने क्रम जारी छ। अकबरमाथि १० दिन पहिला यौन शोषणको आरोप लागेको थियो। त्यसयता दर्जन महिला पत्रकारहरुले यौन दुर्व्यवहारको आरोप लगाएका थिए। विपक्षी र सोसल मिडियामा उनको राजीनामाको दबाब बढ्दै गएपछि आज उनले पदबाट राजीनामा दिएको आजतकले जनाएको छ। 

बुधबार साँझ अकबरले ७ पंक्ति र ८३ शब्दको विज्ञप्ति जारी गर्दै राजीनामा दिएका हुन्। 

अंग्रेजीमा जारी गरिएको विज्ञप्तिमा उनले आफूविरुद्धका आरोपहरु झुटो भएको बताउँदै कानुनी लडाइँ लड्न पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्। 

विभिन्न पत्रिकाहरुका सम्पादक भइसकेका अकबरले यौन दुर्व्यवहार गरेको सबैभन्दा पहिलो आरोप प्रिया रमानी नामकी एक वरिष्ठ पत्रकारले लगाएकी थिइन्। त्यसपछि अरु पत्रकारहरु पनि खुल्न थालेका थिए। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell