PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

एनआरएनका मध्यपूर्व संयोजक शर्मा कतार प्रहरीको नियन्त्रणमा, परिवार भन्छ : केही दिनयता सम्पर्कमा छैनन्



एनआरएनका मध्यपूर्व संयोजक शर्मा कतार प्रहरीको नियन्त्रणमा, परिवार भन्छ : केही दिनयता सम्पर्कमा छैनन्

काठमाडौँ: गैरआवसीय नेपाली संघ(एनआरएन)का मध्यपूर्व संयोजक राजेन्द्रकुमार शर्मा भन्ने आरके शर्मा कतारमा पक्राउ परेका छन्।
 
कतार प्रहरीले शर्मालाई गत मंगलवार कतारमा पक्राउ गरेको हो। पेगोन इन्जिनियरिङ कम्पनीका संचालकसमेत रहेका शर्मालाई कार्यालयबाट घर फर्किँदै गर्दा पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ। शर्मा पक्राउको कारण भने खुलेको छैन।

कतारमा रहेको नेपाली दुतावासका सुचना अधिकृत नितेश सापकोटाले भने शर्मालाई पक्राउ गरेकोबारे कुनै पनि जानकारी नआएको बताएका छन्। पहिलोपोस्टसँगको कुराकानीमा सापकोटाले भने,'अहिलेसम्म हामीलाई कुनै पनि जानकारी आएको छैन।'

बेष्ट फाइनन्स कम्पनीमा पनि शर्माको शेयर रहेको छ। उनले अमेरिकामा रहेका गैरआवसीय नेपाली लोक तिवारीसँग मिलेर व्यवसाय गर्दै आएका छन्। परिवारिक स्रोतका अनुसार उनी केही दिन यता शर्मा परिवारको सम्पर्कमा आएका छैनन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell