बेइजिङ: चीनले आफ्नो स्वामित्वमा रहेको ताइवानस्थित साउथ चाइना सी टापुलार्इ छुट्याउन कोसिस गरिएमा चिनियाँ सेनाले जस्तो सुकै कदम चाल्न सक्ने चीनका रक्षा मन्त्रीले बताएका छन्।
गत सोमवार अमेरिकाले साउथ चाइना सीमा अमेरिकाले दुर्ड युद्धपोतहरु पठाएको थियो। स्वतन्त्र ताइवानको समर्थनमा अमेरिकाले गरेको यो दोस्रो कदम हो।
चीनका रक्षा मन्त्री वी फेन्गहे भने 'ताइवानको विषय चीनको सार्वभौमसत्तासँग सम्बन्धित रहेको छ। यो चीनसँथ प्रत्यक्ष सरोकार राख्ने विषय हो।'
साउथ चाइना सीका बारेमा बारम्बार चीनले लिएको अडानको विरुद्ध जानु निकै खतरनाक हुन सक्ने भन्दै उनले भने 'यदि कसैले चीनबाट ताइवानलार्इ अल्ग्गाउने कोसिस गरे चिनियाँ सेना त्यसता कार्यलार्इ रोक्न जस्तो सुकै मुल्य चुकाउन पनि तयार छ।'
सन् २०१६ मा ताइवानमा स्वतन्त्रता पक्षधर साइ इन वेन सत्तामा आए देखि चीन र ताइवानको सम्बन्ध बिग्रिदै आएको छ।
ताइवानलार्इ सेनाको प्रयोग गरी आफ्नो नियन्त्रणमा राख्ने कहिल्यै नबताएको चीनले उक्त क्षेत्रमा पछिल्लो पटक अमेरिकी गतिविधि बढ्दै गएपछि यस्तो प्रतिक्रिया दिएको हो।
चीन र अमेरिकी सेनाको सम्बन्ध महत्वपूर्ण र संवेदनशील रहेको बताउँदै फेन्गहेले आफूहरुले एक इन्च क्षेत्र पनि नछोड्ने बताए।
साउथ चाइना सीमा त्यस क्षेत्रका बाहेक अरु राष्ट्र (अमेरिका) ले शक्ति प्रदर्शन र उत्तेजना फैलाउने कार्य गरेकोमा चीनले कडा विरोध गरेको छ।
अमेरिकी रक्षा मन्त्री जीम म्याटिस्ले फेनगेहेलार्इ चीन र अमरिका दुवै मिलेर यस समस्याको समाधान खोज्नुपर्ने बताएका थिए।
अमेरिकाले चिनियाँ सेनामाथि रसियासँग अतियार खरिद गरेकोमा प्रतिबन्धहरु लगाएकोमा पनि चीन क्रुद्ध रहेको छ। त्यसलार्इ बेइजिङले अमेरिकाले डेमोक्रेटिक ताइवानको पक्षमा गरेको समर्थनका रुपमा लिएको छ।