PahiloPost

Sep 30, 2024 | १४ असोज २०८१

इथियोपियाले पायो पहिलो महिला राष्ट्रपति



इथियोपियाले पायो पहिलो महिला राष्ट्रपति
फोटो: एएफपी

अड्डिस अबाबा: इथियोपियाको संसदले सालेह वर्क जेउडेलार्इ पहिलो महिला राष्ट्रपतिका रुपमा चयन गरेको छ। 

विभिन्न कुटनितिक पदमा रहि अनुभव बटुलेकी जेउडे अफ्रिकी महादेशकी एक मात्र महिला राष्ट्रप्रमुख समेत बनेकी छिन्।

सपथ ग्रहण पश्चात बोल्दै राष्ट्रपति जेउडेले देशमा लैंगिक समानता कायम गर्न आफूले काम गर्ने वाचा गरिन्। 

संसदमा सम्बोधन गर्दै उनले इथियोपियामा शान्ति स्थापनार्थ सबैले मिलेर काम गर्नुपर्ने बताइन्।

राष्ट्रपतिमा नियुक्त हुनुभन्दा पहिले उनी अफ्रिकन युनियनको तर्फबाट संयुक्त राष्ट्रसंघका लागि राजदूत थिइन्।  

यस्तै, जेउडेले सेनेगल र डिजीबाउटीका लागि राजदूत भइ काम गरेकी थिइन्। उनले सेन्ट्रल अफ्रिकन रिपब्लिकमा शान्ति स्थापनार्थ खोलिएको संस्थाको प्रमुख र संयुक्त राष्ट्रसंघमा विभिन्न पदमा रहि काम गरेकी थिइन्।  

इथियोपियाको मन्त्रिपरिषदमा भएको फेरबदेलका बीच मुलाटु तेसोमिले अत्प्रत्याशित रुपमा राष्ट्रपति पदबाट राजीनामा दिएपछि भएको निर्वाचनमा जेउडे आलांकारिक राष्ट्रपतिमा नियुक्त भएकी हुन्। 

गत हप्ता मात्र मन्त्रिपरिषदमा आधा भन्दा धेरै मन्त्रालयमा महिला नियुक्त भएका थिए।

पितृसतात्मक समाज रहेको भनिने इथियोपियामा सात महिना देखि सरकारको नेतृत्व गरेका प्रधानमन्त्री अबी अहमदले मन्त्रालयको संख्या २८ बाट २० मा झार्दै आधा मन्त्रालयको जिम्मेवारीमा महिलालार्इ नियुक्त गरेका थिए। 



सदनमा बोल्दै अहमदले 'हाम्रा महिला मन्त्रीहरुले महिलाहरुले नेतृत्व गर्न सक्दैनन् भन्ने मान्यता गलत रहेको प्रमाणित गर्ने' बताएका थिए। 

पहिला पनि सरकारमा महिला मन्त्रीहरु रहेपनि उनीहरुलार्इ सानो मन्त्रालय दिइएको थियो। यसपटक भने उनीहरुलार्इ रक्षा मन्त्रालय देखि शान्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ। सरकारमा मुस्लिमहरुको खासै प्रतिनिधित्व नरहने इथोपियन सरकारमा दुर्इ मुस्लिम महिलालार्इ समेत मन्त्री बनाइएको छ। 

इथियोपियामा भएको यो राजनीतिक फेरबेदललार्इ अन्तर्राष्ट्रिय रुपमा स्वागत गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell