PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

सत्ता र शक्तिको आडमा कोष्ठक भित्रको नेकपालाई आधिकारिकता दिएको आरोप, अदालत जाने कट्टेलको चेतावनी



सत्ता र शक्तिको आडमा कोष्ठक भित्रको नेकपालाई आधिकारिकता दिएको आरोप, अदालत जाने कट्टेलको चेतावनी

काठमाडौं: नेपाल कम्युष्टि पार्टीका अध्यक्ष ऋषि कट्टेलले कोष्ठ भित्रको नेकपालाई अधिकारिकता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध अदालन जाने चेतावनी दिएका छन्।

रिपोर्टस क्लबको साक्षात्कारमा शनिबार अध्यक्ष कट्टेलले निर्वाचन आयोगको जनतालाई भ्रममा पार्ने गरी कोष्ठ भित्रको नेकपालाई बैधानिकता दिएको टिप्पणी गरे। सत्ता र शक्तिको आडमा आयोगले गरेको निर्णयलाई न्यायलयले पनि सही सावित गर्ने जान्दा जान्दै पनि गलत नजिरलाई स्थापित गराउन आफु अदालत जाने उनको भनाई थियो।

कट्टेलले वर्तमान सरकार यथास्थितिवादमा पतन भएको र विर्सजनवादतर्फ उन्मुख भएकाले आफुहरु क्रान्तिकारी शक्तिसँगको एकतामा अघि बढ्नेसमेत धारणा राखे।

नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्व गरेकाहरु नै विर्सजनवादको बाटोमा पुगेको भन्दै उनले आफु भने कम्युनिष्ट आन्दोलनलाई जीवित राख्ने बाटोमा अघि बढ्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell