PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

राष्ट्रपतिको भ्रमण स्वीकृत: यी हुन् मन्त्रिपरिषदको आजका निर्णय



राष्ट्रपतिको भ्रमण स्वीकृत: यी हुन् मन्त्रिपरिषदको आजका निर्णय

काठमाडौं: नेपाल सरकारले मलेसियासँग श्रम सम्झौता गर्ने भएको छ। आइतवार बसेको मन्त्रिपरिषदको बैठकले मलेसिया सरकारसँग हुने श्रम सम्झौताको एमओयुलाई स्वीकृत गरेको छ।

हाल मलेसियामा नेपालले कामदार पठाउन रोक लगाएको छ। सो सम्झौता भएसँगै मलेसियामा नेपाली कामदार जाने बाटो खुल्ने छ। एमओयुमा हस्ताक्षर गर्ने जिम्मेवारी श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टलाई दिने निर्णय भएको छ।

आइतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले गोरखापत्र दैनिकका महाप्रबन्धक बसन्तप्रकास उपाध्यायलाई बर्खास्त गर्ने निर्णय गरेको सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए।

त्यस्तै बैठकले भोलि देखि हुन लागेको राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणलाई समेत स्वीकृत गरेको छ। भ्रमणका क्रममा कृषि तथा पशुपंक्षी विकास सम्बन्धी, स्वास्थ्य सम्बन्धी, सुरक्षा सहयोगसम्बन्धी, प्रेस तथा सूचनासम्बन्धी र कुटनीतिक राहदानी बाहकलाई प्रवेशाज्ञा छुट दिने समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell