PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सानोमा नाच्दै भैलो खेल्न जान्थिन् स्वस्तिमा, अहिले हेर्न रमाइलो लाग्छ



सानोमा नाच्दै भैलो खेल्न जान्थिन् स्वस्तिमा, अहिले हेर्न रमाइलो लाग्छ

नायिका स्वस्तिमा खड्कालाई तिहार खुब मन पर्ने पर्व हो। तिहारको झिलिमिली र देउसी भैलो निकै विशेष लाग्ने उनले बताइन्। 

सानोमा साथीहरुसँग जम्मा भएर भैलो खेल्न गएको सम्झिन्छिन् उनी। भनिन्,'उस्तै उमेरका ५, ६ जनाको टोली बनाउथ्यौं। सजिन्थ्यौं र गीत गाउदै, नाच्दै भैली खेल्न घर घर जान्थ्यौं।

चिने जानेको मान्छे र आफन्तको घरमा 'भन भन भाइ हो' भन्द भट्टाउँदै रमाइलो गरेको प्रसङ्ग उनको मनमा ताजै छ। भैली खेलेर जम्मा भएको दक्षिणा टोलीमध्य कोही एकजनाकोमा गएर आमा बुवालाई गनेर सबैलाई बराबर भाग लगाउँथे स्वस्तिमा र उनको भैलो टोली। 

एकपटक एनजीओको टोलीमा मिसिएर देउसी भैलो खेल्न गएको सम्झिन्छिन् उनी। नाच्न भनेपछि फुरुङ्ग भएर जता पनि जाने उनी त्यति ठुलो टोलीसँग नाच्दै गाउँदै भैलो खेल्न जान पाउँदा खुशी थिइन्। 

भनिन्,'तर रात भर अनिदो बसेर चिसोमा हिँड्नु पर्दा गाह्रो भएको थियो।'

अलि ठूली भए पछि भने उनी भैलो खेल्न जान छोडिन्। आफू नगए पनि अरुको टोलीले रमाइलो गर्दै देउसी भैलो खेलेको हेर्न खुब रमाइलो लाग्छ उनलाई।

तिहारको समय उनलाई पटकाहरु सँग चाही परै बस्न मन लाग्छ। भन्छिन्,' रङ्ग, बत्ती र रमाइलो ले नै हो तिहारलाई विशेष बनाउने त।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell