PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

क्यालिफोर्नियाको जंगलमा भीषण आगलागी, २५ जनाको मृत्यु



क्यालिफोर्नियाको जंगलमा भीषण आगलागी, २५ जनाको मृत्यु
फोटोः रोयटर्स

क्यालिफोर्निया:  अमेरिकाको क्यालिफोर्निया राज्यमा रहेको जंगलमा लागेको आगोमा परी मृत्यु हुनेको संख्या २५ पुगेको छ। 

बट्टी क्न्ट्रीमा बिहीबारबाट सुरु भएको आगलागीका कारण २ लाख ५० हजारभन्दा बदी मानिसहरु विस्थापित भएको अधिकारीहरुले जनाएका छन्। अत्याधिक हावाहुरीले आगो चाँडो फैलिएकाले धेरै क्षति भएको जनाइएको छ। शुक्रबार मलिबुस्थित बिज रिसोर्टमा पनि आगलागी सुरु भएको र सो आगो बढ्दै गएको अधिकारीहरुले जनाएका छन्।  

आगलागी प्रभावित क्षेत्रमा बसोबास गर्दै आएका हजारौँ मानिसहरुलार्इ ठाउँ छोडेर अन्यत्र जान आह्वान गरिएको छ। 

आगलागीका कारण झण्डै २८ हजार ३०० हेक्टर क्षेत्रमा जलेर सुख्खा भएको र आगो नियन्त्रणमा नआएको क्यालिफोर्निया अग्नि विभागले जनाएको छ। उक्त जंगलमा विगत लामो समयदेखि आगो लागिरहेको छ। समय-समयमा सरकारले आगो निभाएको बताए पनि पूर्ण रुपमा नियन्त्रण हुन नसक्दा मानिसको मृत्यु भइरहेको बताइएको छ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वनको उचित व्यवस्थापन गर्न नसेकेका कारण आगलागीका घटनाहरु बढेको बताएका छन्। उनले सरोकारवाला निकायहरुलार्इ यस प्रकारका घटना रोक्न उपायहरु खोज्न निर्देशन दिएका छन्। 

'उस्ली' नाम दिइएको उक्त आगलागी रोक्न धेरै संख्यामा उद्दारकर्मी परिचालन गरिएको जनाइएको छ। प्रहरीले आगलागीका घटनाबारे अनुसन्धान भइरहेको बताएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell