PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

३५ वर्षपछि फुटबल फाइनल हेर्न रंगशाला पुगे सयौं इरानी महिला



३५ वर्षपछि फुटबल फाइनल हेर्न रंगशाला पुगे सयौं इरानी महिला
फोटो: GETTY IMAGE

तेहरान: इरानको तेहरानमा आयोजना गरिएको एएफसी च्याम्पियन्स लिगको फाइनल खेल हेर्न पहिलो पटक सयौं इरानी महिलाहरुलार्इ रंगशाला प्रवेश गर्न अनुमति दिइयो।

उनीहरुले स्थानीय टोली पेर्सिपोलिस र जापानको कासहिमा एन्टलर्सबीचको खेल हेरेका थिए। फाइनलको दोस्रो लेगको उक्त खेल गोलरहित बरारबरीमा टुङ्गिएपनि समग्रमा जापानी टोली विजयी भयो। पहिलो लेगमा कासिमा २-० ले विजयी भएको थियो।

इरानको यस कदमलार्इ वर्षौदेखि महिलाहरुमाथि लगाइएका प्रतिबन्धहरु फुकुवा गर्ने अभियानका रुपमा हेरिएको छ। 

विगत ३५ वर्ष देखि महिलाहरुलार्इ प्रतियोगिताका ठूला खेलहरुमा सहभागी हुन प्रतिबन्ध लगाइएको थियो। फिफाले माहिलाहरु माथि खेल हेर्न लगाउँदै आएको प्रतिबन्ध फुकुवा गराउन प्रयत्न गरिरहेको छ।

शनिवार भएको खेलमा सहभागी भएका अधिकांश महिलाहरु खेलाडीहरुका आफन्त वा महिला फुटबल टोलीका सदस्य रहेको बताइएको छ।
 
गत महिना पनि १०० महिलालार्इ इरान र बोलिभियाबीचको मैत्रीपूर्ण फुटबल खेल हेर्न अनुमति दिइएको थियो। तर इरान सरकारले पुन: महिलाहरुलार्इ खेल हेर्न प्रतिबन्ध लगाएको थियो। 

गत मार्च महिनामा पेर्सिपोलिस र तेहरानकै एटेकलालबीचको खेल हेर्न जाने प्रयत्न गरेका ३५ महिलाहरुलार्इ पक्राउ गरिएको थियो।

सन् १९७९ मा भएको इस्लामिक आन्दोलन पश्चात महिला र किशोरीहरुलार्इ पुरुषले खेल्ने खेलहरु हेर्न कमै मात्र अनुमति दिइँदै आइएको छ।

सन् १९८१ पछि भने फुटबल प्रतियोगिताका ठूला खेलहरु हेर्न महिलाहरुलार्इ पूर्ण प्रतिबन्ध लगाइएको थियो।

इरानी महिलाहरुलार्इ खेल हेर्न प्रतिबन्ध लगाइए पनि इरान बाहिरका महिलाहरुलार्इ भने खेल हेर्न अनुमति दिइने गरेको छ। 

अहिले प्रतिबन्ध फुकुवा गरेको देखिए पनि धेरै महिलाले अझै प्रतिबन्ध भोगिरहेकाले यसको कार्यान्वयनमा शंका रहेको अधिकारकर्मीहरुले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell