PahiloPost

Dec 12, 2018 | २६ मंसिर २०७५


मेरिटका आधारमा चिकित्सा शास्त्रको अध्ययन कोटा निर्धारण नगरिएको भन्दै विद्यार्थी आन्दोलित


मेरिटका आधारमा चिकित्सा शास्त्रको अध्ययन कोटा निर्धारण नगरिएको भन्दै विद्यार्थी आन्दोलित

काठमाडौं: त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चिकित्सा शास्त्र अध्ययन संस्थानले चिकित्सा शास्त्र अध्ययनका लागि कोटा निर्धारणमा आर्थिक चलखेल गरेको भन्दै विद्यार्थीहरुले बिरोध प्रर्दशन गरेका छन्। 

महाराजगंजस्थित चिकित्सा शास्त्र अध्ययन संस्थानको डिन कार्यालयमा आईतवार बिहान भेला भएका उनीहरुले चिकित्सा शास्त्र अध्ययनका लागि कोटा निर्धारण निष्पक्ष ढंगले गर्न माग गर्दै विरोध प्रर्दशन गरेका हुन्। आर्थिक चलखेल गरेर चिकित्सा शास्त्र अध्ययनका लागि कोटा निर्धारण हुन थालेपछि त्यसको विरोधमा डिन कार्यालय अगाडि नै प्रर्दशन गर्नु परेको विद्यार्थी कामना केसीले बताइन्। 

केसीले मेरिटको आधारमा कोटा निर्धारण नगरेर आफूहरुमाथि डिन कार्यालयले अन्याय गरेको आरोपसमेत लगाइन्। विद्यार्थीहरुले चिकित्सा शाष्त्र अध्ययन संस्थानको प्रशासनलाई कोटा निर्धारणमा धाँधली नगर्न पनि सचेत गराएका थिए। तर डिन कार्यालयले आफूहरुको मागलाई बेवास्ता गरेको विद्यार्थीहरुको गुनासो छ।

मेरिटको आधारमा चिकित्सा शास्त्र अध्ययनका लागि कोटा निर्धारण नगरेकोमा विद्यार्थीहरुको आपत्ति छ। उनीहरुले ५२ प्रतिशत नम्बर ल्याउने विद्यार्थीलाई कसरी चिकित्सा शास्त्र अध्ययनका लागि कोटा निर्धारण गरिएको भनी डिन कार्यालयलाई प्रश्न पनि गरेका छन्। मेरिट विपरित कोटा निर्धारण गरिएकोमा आफूहरुको आपत्ति रहेको विद्यार्थी कुशकुमार चौंधरीले बताए।

चिकित्सा शास्त्र अध्ययन संस्थानले मेरिटको आधारमा चिकित्सा शास्त्र अध्ययनका लागि कोटा निर्धारण गर्नुपर्नेमा आर्थिक चलखेलको आधारमा कोटा निर्धारण गरेको भन्दै विद्यार्थीहरुले आईतबारबाट विरोध प्रर्दशन सुरु गरेका हुन्। चिकित्सा शास्त्र अध्ययन संस्थानले चिकित्सा शास्त्र अध्ययनका लागि कोटा निर्धारण गर्दा आफूखुसी गर्ने गरेको गुनासो हरेक वर्ष हुने गरेको छ।



मेरिटका आधारमा चिकित्सा शास्त्रको अध्ययन कोटा निर्धारण नगरिएको भन्दै विद्यार्थी आन्दोलित को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट