PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

प्रथम विश्व युद्ध अन्त्यको १०० वर्ष, पानीमा रुझ्दै विश्वका ७० नेताले सम्झे विश्वयुद्ध



प्रथम विश्व युद्ध अन्त्यको १०० वर्ष, पानीमा रुझ्दै विश्वका ७० नेताले सम्झे विश्वयुद्ध

आज नोभेम्बर ११। जुलार्इ २८, १९१४ मा सुरु भएको प्रथम विश्व युद्ध १९१८ नोभेम्बर ११ मा अन्त्य भएको घोषणा गरिएको थियो। 

प्रथम विश्वयुद्ध अन्त्य भएको सय वर्ष पुगेको सम्झनामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, रसियाका राष्ट्रपति भ्लादमिर पुटिन, जर्मन चान्सलर एनजेला मार्केलसहित करिब ७० जना विश्व नेताहरु फ्रान्समा आयोजित विशेष कार्यक्रममा सहभागी भए।

आर्क दी ट्रिओमपेमा आयोजित परेडमा सबै नेताहरु सहभागी भएका थिए। पानी परे पनि नेताहरुले छाता ओडेर परेडमा सहभागी भएका थिए। 

सन् १९१८ मा युद्ध अन्त्य भएको सम्झौता एउटा रेलमा गरिएको जस्तै प्रतीकात्मक रूपमा ट्रेनमा बसेर आजै फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन र जर्मन चान्सलर मार्केलले रेलमै स्मृति पुस्तिकामा हस्ताक्षर गरी प्रथम विश्वयुद्ध समाप्त भएको दिनको सम्झना गरेका थिए। 


करिब चार वर्ष चलेको युद्धमा करिब दुर्इ करोड मानिसको मृत्यु भएको थियो भने त्यही संख्यामा मानिसहरु घाइते भएका थिए। 

विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी विश्वयुद्ध समाप्त भएको दिनको सम्झना गरिँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell