PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नेविस‌ंघको म्याद दुई महिना थपियो, अब विषेश परिस्थितिमा पाँच महिना अवधि थप्न सकिने



नेविस‌ंघको म्याद दुई महिना थपियो, अब विषेश परिस्थितिमा पाँच महिना अवधि थप्न सकिने

काठमाडौ‌ं: प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको विधान स्वीकृत गरेसँगै सङ्घको केन्द्रीय कार्यसमितिको समयावधि दुई महीना थप भएको छ। 

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकले सङ्घको विधानलाई परिमार्जनसहित स्वीकृत गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। नेविसङ्घको विधानअनुसार वर्तमान केन्द्रीय समितिको कार्यकाल आजसम्म थियो। विसं २०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित वर्तमान केन्द्रीय समितिले त्यसयता थप गरिएको तीन महीनाको अवधिमा समेत महाधिवेशन गर्न सकेको थिएन। 

नेविसङ्घको विधानमा दुईवर्षे कार्यकाल र विशेष परिस्थितिमा तीन महीना थप गर्न सकिने व्यवस्था थियो। काङ्ग्रेस बैठकले तीन महिना थप गर्न सकिने प्रावधानको सट्टा पाँच महिना थप गर्न सकिने प्रावधानसहितको विधानलाई स्वीकृत गरेको प्रवक्ता शर्माले बताए। विधान स्वीकृतसँगै स्वतःविघटनको सङ्घारमा पुगेको नेविसङ्घको कार्यसमितिलाई महाधिवेशन गर्न दुई महीना समयावधि प्राप्त भएको छ। विसं २०२७ मा गठन भएको नेविसङ्घ काङ्ग्रेसको प्रभावशाली भ्रातृ संस्था हो। 

बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, डा रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, फरमूल्लाह मन्सुर, नवीन्द्रराज जोशी, डा चन्द्र भण्डारी, शङ्कर भण्डारी, गगनकुमार थापा, गुरुराज घिमिरे, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर र प्रवक्ता विश्वप्रकाश शर्माले आ–आफ्नो धारणा राखेका थिए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell