क्यानडाः वरिष्ठ गायक, संगीतकार तथा भजन शिरोमणी भक्तराज आचार्यलाई एक कार्यक्रमकाविच अभिनन्दन गरिएको छ। अल्बर्टा राज्यको प्रान्तीय राजधानी एड्मन्टनमा नोभेम्बर १८मा आयोजित भक्तराज सम्मान तथा सत्य–स्वरूप सङ्गीत साँझ कार्यक्रममा अभिनन्दन पत्र र नगद क्यानेडियन डलर ५०१ बाट सम्मान गरिएको हो।
अभिनन्दन पत्र र नगद ईश्वर खत्री र राजेन्द्र सुवेदीले सत्यराज आचार्य र स्वरूपराज आचार्यलाई हस्तान्तरण गरे। सोही अवसरमा सत्य र स्वरुपराजलाईसमेत उहाँ“हरूको नेपाली गीत संगीतको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै दोसल्ला र कदर पत्रमार्फत सम्मानित गरिएको थियो।
नपाली र क्यानेडियन राष्ट्रिय गानबाट प्रारम्भ भएको कार्यक्रम स्थानीय संस्था संगीत मझेरीको टिमले स्वागत गीतबाट अगाडि बढेको थियो। सोही कार्यक्रममा भक्तराजले नेपाली गीतसंगीतको क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै उनकै गीत जहाँ छन् बुद्धका आँखा... ईश्वर खत्रीले र मुटु जलिरहेछ .... राजेन्द्र सुवेदीले गाएर सम्मान प्रकट गरेका थिए। सत्यराजले पनि आफ्ना बुवालाई स्मरण गर्दै बुवाकै दुई वटा कालजयी गीतहरू प्रस्तुत गरेका थिए। सोही कार्यक्रममा अर्जुन रसाइलीले आफ्नै गीत प्रस्तुत गरेका थिए भने सत्य र स्वरुवले एकल तथा संयुक्त रूपमा आफ्ना पपुलर गीतसमेत गाएका थिए।
स्थानीय संस्था संगीत मझेरीको आयोजनामा भएको सो कार्यक्रममा दर्शकको बाक्लो उपस्थिति थियो।