PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

बजेट खर्चप्रति प्रधानमन्त्री ओली असन्तुष्ट, 'यो पाराले कसरी अघि बढ्न सकिन्छ?'



बजेट खर्चप्रति प्रधानमन्त्री ओली असन्तुष्ट, 'यो पाराले कसरी अघि बढ्न सकिन्छ?'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरुसँग असन्तुष्टि व्यक्त गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सिहंदरबारमा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेट कार्यान्वयनको पहिलो चौमासिकको समीक्षा बैठकमा मन्त्रीहरुले सन्तोषजक काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

समीक्षा बैठकमा सचिवहरुले विवरण पेस गरे पछि प्रधानमन्त्री ओलीले करिब एक घण्टाभन्दा बढी बोलेका थिए। प्रधानमन्त्री ओलीले बोल्ने क्रममा बजेट खर्च हुन नसकेकोमा मन्त्री र सचिवहरुलाई हप्काएका थिए।

बैठकमा पेस गरिएको बजेट खर्चको तथ्यांक अनुसार १८–१९ प्रतिशत बजेट मात्र खर्च भएको छ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात सचिव मधुसुधन अधिकारी, सञ्चार तथा  सुचना  प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिब संजय शर्मा र अनुपकुमार उपाध्याय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय सचिब युवकध्वज जिसी र  प्रकाश माथेमा, उद्योग, वाणिज्य तथा आपूर्ती सचिव यामकुमारी खतिवडा र चन्द्र घिमिरे, सहरी विकास मन्त्रालयका सचिब रमेशकुमार सिंह र पुननिर्माण प्राधिकरणका सचिव अर्जुन कार्कीले आ–आफ्नो मन्त्रालयको चौमासिक प्रगति विवरण पेश गरेका थिए।

बैठकमा मन्त्रीहरुले बजेट खर्च हुन नसक्नुको विभिन्न कारणहरु पनि पेस गरेका थिए।

‘एउटा टेबलबाट अर्को टेबलमा फाइल सर्न कैयौं दिन लाग्ने, सिंहदरवारको एउटा कार्यलयबाट अर्को कार्यलयमा पत्र पुग्न महिनौं लाग्ने। यो पाराले कसरी अघि बढ्न सकिन्छ?’ प्रधानमन्त्री ओलीले बैठकमा भनेका थिए, ‘मन्त्रिपरिषदबाट ढिलासुस्ती भएको छ भने भन्नुहोस्। मन्त्री, सचिवको ढिलासुस्ती छ भने भन्नुहोस्। ऐन कानुनले ढिलासुस्ती भएको छ भने त्यो पनि भन्नुहोस्। त्यस्ता ढिलासुस्तीका कारणलाई निरुपण गर्नेतर्फ मेरो ध्यान जान्छ। अब कही पनि ढिलासुस्ती स्वीकार्य छैन।’


बैठक पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले लक्ष्य अनुसारको प्रगति पहिलो चौमासिकमा नभएको स्वीकार गर्दै आगामी चौमासिकसम्ममा अहिलेको बाँकी र अर्को चौमासिकको काम पुरा गर्न निर्देशन दिइएको बताए।

पुससम्ममा संरचनागत समस्या समाधान गरेर काम अगाडि बढाउन प्रधानमन्त्रीले निर्देशन दिएको बताउँदै अर्थमन्त्री खतिवडाले भने, ‘अहिले संरचनागत समस्या भनेर केहीले छुट पाउन खोजे।’

प्रधानमन्त्रीले आजबाट सुरु गरेको समिक्षा बैठका भोलि र आठ गते पनि हुने खतिवडाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell