काठमाडौँ : यही मंसिर २२ देखी काठमाडौँमा सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपीएल)का चितवन टाइगर्सले विदेशी खेलाडीको रुपमा आयरल्याण्डका पउल स्टर्लिङलाई अनुबन्ध गरेको छ।
चितवनले यसअघि नै विदेशी खेलाडीको नाम घोषणा गरिसकेको थियो। तर व्यक्तिगत कारणले ती खेलाडीहरु आउने नसक्नेभएपछि नयाँ खेलाडी अनुबन्ध गरेको चितवनले जनाएको छ।
चिनवनले प्रेस विज्ञप्ति जारी गर्दै स्टर्लिङलाई अनुबन्ध गरेको जानकारी दिएको हो। स्टर्लिङ आयरल्यान्डका आक्रमक ओपनिङ ब्याट्सम्यान हुन्।
स्टर्लिङले आयरल्यान्डबाट १ टेस्ट, १ सय वानडे र ५२ टी-२० क्रिकेट खेलेका छन्।
चितवनले यस अघि इङ्ल्यान्डका म्याक्स होल्डेन र न्युजिल्यान्डका जेम्स फुलरलाई विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको थियो। तर म्याक्स इङ्ल्यान्डको लिष्ट ‘ए’ टोलीमा परेकोकाले व्यस्त भएको र फुलर पारिवारिक कारण आउन नसक्ने चितवन टाइगर्सले जनाएको छ।
टाइगर्समा गत सिजन टिममा रहेका दिपेन्द्रसिंह ऐरी (कप्तान) पृथु बास्कोटा, दिलिप नाथ, भिम सार्की, ललितसिंह भण्डारी, शहाब आलम, कमलसिंह ऐरी खेलाडी छन्। यस्तै गत सिजन टिममा रहेका सुवास खकुरेल, योगेन्द्र सिंह कार्की र सुनाम गौतमलाई रिलिज गरेको छ भने आदिल खान, सागर ढकाल र इशान पाण्डेलाई टोलीमा अनुबन्ध गरेको छ।