PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

युगाण्डामा ९० यात्रु रहेको डुङ्गा दुर्घटना : २२ जनाको मृत्यु, अन्यको खोजी जारी 



युगाण्डामा ९० यात्रु रहेको डुङ्गा दुर्घटना : २२ जनाको मृत्यु, अन्यको खोजी जारी 
फोटो : chinadaily.com.cn

काम्पाला: युगाण्डाको मुकोनोमा डुङ्गा दुर्घटनामा परी २२ जनाको मृत्यु भएको छ। 

लेक भिक्टोरियामा शनिबार भएको सो घटनामा परेका अन्य ६० जना अझै हराइरहेको अधिकारीहरुले आइतबार जनाएका छन्। खराब मौसम र बढी भारका कारण डुङ्गा पल्टेको बताइएको छ। 

घटनास्थलबाट २२ जनाको शव निकालिएको छ भने अरु २६ जनालाई जीवितै उद्धार गरिएको छ, युगाण्डा प्रहरीका निर्देशक असुमान मुगेन्यीले बताए। 

डुङ्गा दुर्घटनामा बाँच्न सफल एकजना यात्रुले दिएको जानकारी अनुसार डुङ्गामा झण्डै ९० जना यात्रु रहेका थिए। 

राजधानी काम्पाला नजिकै पर्ने मुकोनो जिल्लाको भिक्टोरिया तालमा डुङ्गा सफारीका क्रममा यो दुर्घटना भएको हो। डुङ्गामा रहेकाहरु अधिकांशले मदिरा सेवन गरेका कारण उद्धारमा कठिनाइ भएको प्रहरीको भनाइ छ। 

काम्पालका प्रहरी प्रवक्ता लुके ओवेयेसिगिरले घटना भएको पुष्टी गरेपनि आधिकारिक पूर्ण विवरणहरु भने अझै आइनसकेको बताए। 

युगाण्डामा डुङ्गा दुर्घटना बेलाबेलामा हुने गरेको छ। डुङ्गा दुर्घटनाकै कारण युगाण्डामा बर्सेनि सयौंको ज्यान जाने गरेको छ। (रासस/सिन्ह्वा)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell