PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

काठमाडौं निजगढ द्रुतमार्ग निर्माण तत्काल रोक्न सांसदहरुको माग, रक्षामन्त्रीलाई जवाफ माग्ने तयारी



काठमाडौं निजगढ द्रुतमार्ग निर्माण तत्काल रोक्न सांसदहरुको माग, रक्षामन्त्रीलाई जवाफ माग्ने तयारी

काठमाडौं: संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा आज सांसदहरुले काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणको काम तत्काल स्थगित गर्न माग गरेका छन्।

फास्ट ट्रयाक डिपिआर बिनै द्रुतमार्ग बनाइरहेको आरोप लगाउँदै तत्काल रोक्नुपर्ने सांसदहरुको माग गरेका हुन्। उनीहरुले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री इश्वर पोखरेललाई बोलाएर छलफल गर्नुपर्ने माग गरेका छन्। सांसद दिलेन्द्रप्रसाद बडुले तत्कालै रोकेर छलफल गरी अगाडि नबढाइए थप बल्झिने बताए।

अर्का सांसद राजेन्द्रप्रसाद श्रेष्ठले यसमा सेनाको पनि संलग्नताले झनै विवादित भएको बताउँदै यस विषयमा थप छलफल आवश्यक रहेको तर्क गरे।

सांसद अमरेश सिंहले आफ्नै समितिको एजेन्डा धेरै भएकोले यस विषय अल्झिन नहुने बताएका थिए। समितिकी सभापति शशी श्रेष्ठले यस विषयमा आन्तरिक छलफल गरी रक्षामन्त्रीलाई बोलाउने बताइन्। बैठकको शुरुमा सांसदहरुले फास्ट ट्रयाकबाट प्रभावित ललितपुरस्थित खोकना र बुङमतीबासीको गुनासो सुनेका थिए।

खोकना र बुङमतीबासीले उचित मुआब्जालगायतका विभिन्न माग राख्दै द्रुतमार्ग निर्माणको काम तत्काल स्थगित गराउन संसदीय समितिसँग माग गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell