PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

मेलम्ची फिनिसिङमा ढिलाई, 'रकम भुक्तानी नगरे काम रोक्ने चेतावनी'



मेलम्ची फिनिसिङमा ढिलाई, 'रकम भुक्तानी नगरे काम रोक्ने चेतावनी'

काठमाडौं : मेलम्ची आयोजनामा काम गरिरहेका निर्माण व्यवसायी कम्पनीको रकम भुक्तानी नगरे काम रोक्न चेतावनी दिएका छन्।

निर्माण व्यवसायीको ३६ करोड रकम भुक्तानी नगरे काम रोक्ने चेतावनी दिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले जानकारी दिएका छन्।

प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिमा कँडेलले भने,‘निर्माण व्यवसायीहरुले काम रोक्ने चेतावनी दिएका छन्। उनीहरुलाई रकम भुक्तानी गर्न बाँकी छ। रकम भुक्तानी नहुँदा काममा ढिलाइ भइरहेको छ।’

उनका अनुसार सुरुङ मार्गको फिनिसिङमा पनि ढिलाइ भएपछि आयोजनाको काम लम्बिने छ। निर्देशक कँडेलले आयोजनाको सम्पूर्ण प्राविधिक काम अझै सक्न १ सय ३० दिन लाग्ने जानकारी पनि समितिलाई दिए। 

उनका अनुसार मेलम्चीको प्राविधिक काम सन् २०१९ को मार्चभित्र सक्ने सम्भावना छ। सुरुङ्ग मार्गको ढलानको काम २ किलोमीटर मात्र बाँकी रहेको जानकारी पनि उनले दिए। 

समितिमा खानेपानी मन्त्रालयका सचिव र आयोजना प्रमुख उपस्थित थिए। समितिको बैठकमा खानेपानी मन्त्री बीना मगरलाई पनि बोलाइएको थियो। तर उनी सहभागी भइनन्। उनी उपस्थित नभएपछि सांसदहरुले आपत्ति जनाएका थिए। 

मगरले दशैंसम्म मेलम्चीको पानी आउने दाबी गरेकी थिइन्। तर हालसम्म पानी नआएकोबारे सांसदहरुले कारण माग गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell