PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

जापानी युवराज्ञी भन्छिन् ' महारानी बन्ने कुराले असहज अनुभव भइरहेको छ'



जापानी युवराज्ञी भन्छिन् ' महारानी बन्ने कुराले असहज अनुभव भइरहेको छ'
युवराज नारुहितो र युवराज्ञी मसाको, फोटो: रोयटर्स

टोकियो : जापानी युवराज्ञी मसाको ओवाडा आउँदो अप्रिल महिनामा जापानकी नयाँ महारानी बन्दैछिन्।

जापानी सम्राट आकिहितोले आफ्नो उमेर र स्वास्थ्यका कारण अप्रिल महिनामा राजगद्दी त्याग्दै छन्। अब उनका छोरा युवराज नारुहितो अप्रिलमा जापानको नयाँ सम्राट बनेपछि उनकी श्रीमती मसाकोले राजकिय कर्तव्यहरु पालना गर्नुपर्नेछ। 

तर ५५ वर्ष पुगेको उपल्क्षयमा विज्ञप्ती जारी गर्दै मसाकोले आफू महारानी बन्ने कुराले 'असहज'  अनुभव गरिरहेको बताएकी छिन्।
 
धेरैवर्ष देखि 'तनावपूर्ण स्थितिबाट पीडित' उनले आफू विस्तारै स्वस्थ हुँदै गएको र भविष्यमा राजकिय कामहरु पुरा गर्न कोसिस गर्ने बताएकी छिन्।

मसाकोका चिकित्सकले उनी 'एड्जस्टमेन्ट डिसअर्डर' बाट पीडित रहेको बताएका छन्। सो डिसअर्डर धेरै तनावका कारण हुने र त्यसबाट डिप्रेसन वा एन्जाइटी हुने उनले बताए। 

मसाकोले 'आफूले विस्तारै अलिअलि राजकिय काम गर्न सुरु' गरेको बताएपनि चिकित्सकले भने उनको उपचार क्रमिक रुपमा हुनुपर्ने र उनलाई कामका लागि धेरै तनाव दिन नहुने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell