PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रधानमन्त्री ओली र देउवा व्यस्त हुँदा संवैधानिक परिषदको बैठक पुस ५ सम्मका लागि स्थगित



प्रधानमन्त्री ओली र देउवा व्यस्त हुँदा संवैधानिक परिषदको बैठक पुस ५ सम्मका लागि स्थगित

काठमाडौं: संवैधानिक परिषदको बैठक स्थगित भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज साँझ ५ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित हुँदा बैठक स्थगित भएको हो। 

बैठक विहान ११ बजेका लागि बोलाइएकोमा पुन: ५ बजेका लागि सरेको थियो। स्थगित बैठक अब पुस ५ गते दिउँसो ४ बजे बस्ने भएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका कारण बैठकमा सहभागी हुन सकेनन्। प्रधानमन्त्री ओली अस्वास्थ्य भएको कारण बैठक स्थगित भएको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनाएका छन्।

परिषद्का अन्य पदाधिकारीहरु बैठकमा पुगे पनि प्रमुख प्रतिपक्षी दलका नेता देउवा पनि आउन नसक्ने खबर गरेको थियो।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अवकाश पाउन लाग्दा अर्को प्रधानन्यायाधीश सिफारिस गर्नु पर्नेछ। न्यायाधीश दीपकराज जोशी र चोलेन्द्र शमशेर जबराको नाम संवैधानिक परिषदमा पठाइ सकिएको छ। तर परिषद्को बैठक पटक पटक स्थगित हुँदा प्रक्रिया अगाडि बढ्न सकेको छैन।

यसअघि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले समय मागेपछि बैठक स्थगित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell