
कोलोम्बो : श्रीलंकाको युनाइटेड नेश्नल पार्टीका नेता एवंम पूर्व प्रधानमन्त्री रनिल विक्रमासिङ्गेलार्इ पुन: प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति मैत्रीपाला सिरिसेना सहमत भएको कोलोम्बो पेजले जनाएको छ।
बीबीसी सिन्हाली सेवासँगको कुरामा युनाइटेड नेश्नल पार्टीका नेता रजिथा सेनारनथेले विक्रमासिङ्गेले आइतवार प्रधानमन्त्री पदको सपथ लिने बताएका हुन्।
दुर्इ नेताबीच टेलिफोन वार्ताका क्रममा यस्तो सहमति भएको बताइएपनि राष्ट्रपति कार्यालयले यसको पुष्टि गरेको छैन।
एक साता अघि संसदले अपदस्थ प्रधानमन्त्री रनिल विक्रमासिङ्गेलार्इ पुन: प्रधानमन्त्रीमा नियुक्त गर्ने प्रस्ताव पारित गरेको थियो। तर शुक्रवार सिरिसेनाले भने विक्रमासिङ्गेसँग पुन: काम नगर्ने प्रतिक्रिया दिएका थिए।
शुक्रवार श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाद्वारा नियुक्त गरिएका प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिने घोषणा गरेका थिए।
प्रधानमन्त्रीका रुपमा काम गर्दा विवाद देखिएकाले देशमा देखिएको राजनीतिक संकट समाधानका लागि मार्ग प्रशस्त गर्दै स्थायित्वका कायम गर्न उनले शनिवार राजीनामा दिने राजापाक्षेका छोरा नमल राजापाक्षेले ट्वीटरमार्फत जानकारी दिएका थिए।
To ensure stability of the nation, Former President @PresRajapaksa has decided to resign from the Premiership tomorrow after an address to the nation. The SLPP with Frm President, SLFP & others will now work to form a broader political coalition with President Sirisena.
— Namal Rajapaksa (@RajapaksaNamal) 14 December 2018
अक्टोबर २६ मा श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रधानमन्त्री रनिल विक्रमासिङ्गेलार्इ अपदस्थ गरी नाटकीय ढंगमा पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलार्इ प्रधानमन्त्रीमा नियुक्त गरेपछि त्यहाँ राजनीतिक अस्थिरता बढेको थियो।
सिरिसेनाल एक महिना अघि संसद भंग गर्दै आम निर्वाचन गर्ने घोषणा समेत गरेका थिए। तर त्यहाँको सर्वोच्च अदालतले गत बुधवार राष्ट्रपतिको संसद भंग गर्ने कार्य संवैधानिक नरहेको फैला सुनाएको थियो।
यस्तै, श्रीलंकाली संसदले दुर्इ पटक राजापाक्षेविरुद्ध अविश्वासको मत पारित गरेको थियो। सर्वोच्चले पनि राजापाक्षे सरकारलार्इ काम नगर्न आदेश दिएको थियो। तर राजापाक्षे र सिरिसेनाले संसद र अदालतको फैसलाको विरोध गर्दै आएका थिए।
राजापाक्षेको राजीनामा र विक्रमासिङ्गेको नियुक्ती सँगै श्रीलंकामा जारी लामो शक्ति संघर्षको अत्य हुने अपेक्षा गरिएको छ।