PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अश्वेत अफ्रिकनप्रति 'नस्लभेदी'  रहेको भन्दै घानामा महात्मा गान्धीको शालिक हटाइयो



अश्वेत अफ्रिकनप्रति 'नस्लभेदी'  रहेको भन्दै घानामा महात्मा गान्धीको शालिक हटाइयो
फाइल फोटो : एपी

अक्क्रा: ब्रिटिश शासनविरुद्ध स्वतन्त्रता आन्दोलनको नेतृत्व गरेका महात्मा गान्धीको शालिक घानाको एक प्रतिष्ठित विश्वविद्यालयबाट हटाइएको छ। 

अश्वेत अफ्रिकनहरुप्रति नस्लका आधारमा गान्धीले विभेद गरेको भन्दै उजुरीहरु परेपछि उनको शालिक हटाइएको अल्जजिराले उल्लेख गरेको छ। 

घानाको राजधानी अक्क्रामा रहेको युनिभर्सिटी अफ घानाका विद्यार्थी र शिक्षकहरुको विरोधका कारण गान्धीको शालिक हटाइएको हो। 

दुई देशबीच मित्रताको प्रतिकका रुपमा भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीले दुई वर्ष अघि मात्रै सो शालिकको उद्घाटन गरेका थिए। तर त्यस लगत्तै प्राध्यापकहरुले शालिक हटाउन निवेदन दिएका थिए। 

विश्वविद्यालयका विद्यार्थी र शिक्षकहरुका अनुसार गत मंगलवार मध्यरातमा गान्धीको शालिक हटाइएको एएफपीले जनाएको छ।

उनीहरुका अनुसार गान्धीले भारतीयहरु 'असिमित रुपमा अश्वेत अफ्रिकनहरु भन्दा श्रेष्ठ' रहेको लेखेको र नस्लवादलाई प्रोत्हासन गर्ने 'कफफिर' शब्द प्रयोग गर्ने गरेको बताए।

भाषा, साहित्य र नाटक विभागका प्रमुख ओबाडेले कमाबोनले शालिक हटाउने कार्य 'आत्म सम्मान'को विषय रहेको बताए। 

उनले भने,' यदि हामीलाई आफैप्रति सम्मान छैन र आफ्नै नायकहरुलाई बिर्सेर हाम्रो अपमान गर्ने मान्छेको प्रशंसा गर्छौं भने त्यहाँ समस्या हुन्छ।' शालिक हटाउने कार्य अश्वेतहरुको आत्मसम्मानको जित भएको उनले बताए। 

विद्यार्थीहरुले गान्धीको शालिक हटाउने निर्णय घानाका सम्पूर्ण जनताको जित रहेको बताएका छन्। 

विश्वविद्यालयले शालिक हटाएको विषयमा कुनै प्रतिक्रिया दिएको छैन। 

घानाको परराष्ट्र मन्त्रालयले भने शालिक हटाउने कार्य विश्वविद्यादयको आन्तरिक निर्णय भएको बताएको छ। 

ब्रिटिश शासन विरुद्ध लड्न भारत जानु अघि गान्धीले १८९३ देखि १९१५ सम्म वकिलका रुपमा दक्षिण अफ्रिकामा काम गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell